Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

बा (कविता) - उत्तम विचार

बा (कविता) - उत्तम विचार

सतीश चापागाईं

१३, भाद्र २०७६
images
  बा हरता हुन् बा भरता हुन् सुन ए ! सन्तति हो बा सृष्टिकर्ता हुन् ! तिनै बा जस्ले सन्तानको एकमुठ्ठी खुशीका लागि आफ्नो खुशी भनेनन् दिन भनेनन्, रात भनेनन् भने त केवल तिम्रै भविष्य भने अनि हाम्रै सफलताको कामना गरे । निधारका चाउरी परेका रेखहरूको बाटो भएर बग्ने बलिन्द्र धारा पसिनाका सुगन्ध हुन् मेरा बा शिरको कन्थो टोपी झिकेर त्यै पसिना पुछ्दै गर्दा अनुहारमा देखिने मलिनता र शालिनता बीचको चरम द्वन्द हुन् मेरा बा ! मलाई बाभित्रको बा हुनुले जिवन्त तुल्याएको छ न कि मभित्रको म हुनुले म आफैलाई म बनाएको होस् ! आमा भन्नका लागि खुलेका यी ओठहरू याद गर्नुस् बा भन्दै गर्दा प्यारले जोडिन पुग्छन् त्यसैले त बा प्यारका खानी हुन् अनि बा आदरका निशानी हुन् । जन्मदिने आमालाई धर्ती सम्झने सन्तानले बा लाई खुल्ला आकाश सम्झनु पर्थ्यो र आफूलाई धर्तिको सामान्य धुलो न एक्लो धर्तिले सृष्टि सम्भव छ न त आकाश आफैमा पूर्ण हुन्छ आकाश र धर्तीको मिलनमा नैं यो सृष्टि सम्भव देख्छु म । म मेरा बाका खुशीका लागि जन्मिएँ थाहा छैन, म मेरा सन्तानका खुशीका लागि बाँच्नेछु या त आफ्नै खुशीका लागि फेरि पनि मैले एउटा असल पिता हुनुको परिचय र पहिचान बनाउनु जरूरी छ जसरी मेरा बा र हजुर बा' ले निस्वार्थ माया खन्याउनु भएको हो बा भएरै बा' जनाउनु भएको हो । पितृदेवो भव: । लिखु -६ , नुवाकोट हाल : टोखा -१०, काठमाडौ । (उत्तम विचारको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - १९:०८:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend