Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

गजल - दलु रिजाल

गजल - दलु रिजाल

सतीश चापागाईं

१३, भाद्र २०७६
images
  म प्रेम गर्दिन, प्रेम गर्नु बैंसको चाहात भन्छन् झन सहमतिमा कुरा मिलेन भने घात भन्छन् प्रेममा, समय बर्बाद गर्न मन लाग्दैन मलाई मान्छेले मान्छे गन्दैनन् मित्र झारपात भन्छन् अफसोच हुन्छ पक्का, सच्चा प्रेम गर्दा पनि सय प्रतिशत, स्वार्थी पुरुषको जात भन्छन् पानी माथी ओभानो बन्न पनि कति सजिलो धोका दिएर बाध्यता पर्यो अकस्मात भन्छन् मायामा केही हेरिन्न भन्नेहरूले कुरा बुझे हुन्छ मान्छे तौलिने एक अंशलाई औकात भन्छन् - दंगीसर -२, दाङ हाल : कतार । (दलु रिजालको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - १९:२७:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend