Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आजको महाभारत (कविता) - सन्ताेष वाग श्रेष्ठ सहारा

आजको महाभारत (कविता) - सन्ताेष वाग श्रेष्ठ सहारा

सतीश चापागाईं

१५, भाद्र २०७६
images
  अाज पनि जवानहरू वनवास जान्छन् जसरी जान्थे ती युगमा यी जवानका भगवानहरू चाहे ती मन जितेर गएका त्रेतायुगका राम हुन् चाहे ती सबै हारेर गएका द्वापरयुगका पाण्डव हुन् अाजकाे अाधुनिक घडीहरूमा घुमिरहेछ समय फरक फरक बनेर जसरी घुम्दछ अाजका जवानका दैनिकीहरू विभिन्न कन्कृत जँगलहरूमा अाकाशमा धेरै झरिसके ताराहरू त्यसरी नै झरिसके बुढाे समयकाे बँगाराहरू तर पनि वनवास जान राेकिएकाे छैन यी युगका राम अनि सीताहरू अज्ञातवास जान राेकिएकाे छैन् यी युगका पाँच पाण्डवहरू ठिक यसरी नै चलिरहेछ याे युगकाे अाधुनिक महाभारत अनि रामायणहरू जहाँ वनवास पश्चात पनि पुन: रामले सीता अनि सत्ता गुमाएका छन् पाण्डवले परिवार अनि घरवार गुमाएका छन् समग्रमा एउटा कठिन कठघरामा उभिएकाेछ समय जहाँ उभिएर सँगसँगै बयान दिइरहेकाे छ इतिहास । धन्यवाद | - भक्तपुर नेपाल हाल एडिलेड अष्ट्रेलिया । (सन्ताेष वाग श्रेष्ठ सहाराको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - १८:०९:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend