Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - निलञ्जला भारद्वाज

गजल - निलञ्जला भारद्वाज

सतीश चापागाईं

१५, भाद्र २०७६
images
हजार सहें लात र बात यही हो भाग्य जानेर बसें ! हिंडिन बा म रुँदै बाहिर तिम्रो इज्जत धानेर बसें !! नपलाई प्वाँख पराई घरमा बालकैमा सुम्पिदियौ पन्छी बनेर उड्ने रहर बन्धनभित्रै बानेर बसें ! थिचिदै गएँ मर्यादाका प्रतिबन्धित पर्खालभित्र सकिन नाघ्न छट्पटिँदै खोटी निधार हानेर बसें ! सबैलाई हुन्छ सुखको चाह मानिसको मनै त हो जे पाएँ मैले जिन्दगीमा तिम्रै अाशिष ठानेर बसें ! आउँदिन बा फर्की अब नपठाउनू तीजको निम्तो दु:ख नै मेरो दुनियाँ,अाँसुलाई आफ्नो मानेर बसें ! - काठमाण्डौं, नेपाल ।
( निलञ्जला भारद्वाजको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - १८:१५:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend