Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जेल बाहिरको जेल (कविता) - जिवित खड्का मगर

जेल बाहिरको जेल (कविता) - जिवित खड्का मगर

सतीश चापागाईं

१५, भाद्र २०७६
images
जब हरिया सपनाहरूको हवाइजहाज एयरपोर्ट ओर्लिन्छ र, सबैभन्दा पहिले मानिसहरूको खुट्टामा जञ्जीर लगाउँछ अनि ओठहरूको मुस्कान झिकेर ओठमा राख्दै आँखाहरूको दृष्टि आफ्नै आँखामा राख्छ तब यस्तो लाग्छ ... अपराधीहरूले झैँ सजायँ भोग्ने यो एउटा कैदखाना हो । यहाँका सहरबाट हतार-हतार बुर्ज खलिफासँग सेल्फी खिच्न हिँडेका टावरहरू समुन्द्रलाई कोक्रो बनाएर नानीको आमाले जस्तो भुरा माछा हल्लाइरहने छालहरू या प्रत्येक घर-बंगला र गल्लीहरूको चौबाटोमा तानाशाहको सालिक जस्तो उभिएर आफ्नै शीरमाथि घाइते जून हेर्दै मख्ख परिरहेका मस्जिदहरू सबै-सबै मातिरहेछन् त्यही सालिकले फेर्ने सास जस्तो कट्टर हावाको प्रदुषण पिएर । यहाँ राहदानीहरू रोबर्ट भएका छन् बोल्दैनन् मान्छे जस्तो बिजुलीका नाङगा तारहरूले आवाजमाथि पासो थापेका छन् । उहिले बेलायत भ्रमणबाट फर्केपछि जंगबहादुरलाई यहाँको उँट हेर्ने रहर लागेछ तर घाम खसेको यो मरुभूमिमा उँट मालिकले दुश्मन जस्तो लखेट्न थालेपछि जंगेलाई जंग चढेछ क्यार ! आवेगमा एउटा आँखा झिकिदिएर जंगेले उसलाई यतै-कतै झुन्डाइदिएको जस्तो लाग्ने भ्रम ! त्यसैले कि, मान्छेलाई खेलौना बनाएर मृत्युको डोरी सबैभन्दा सस्तो झुण्डिन्छ यहाँ जहाँ, कुनै युवक काम गर्दा-गर्दै झोंक्राइरहेको हुनसक्छ दलालको ऋण चुक्ता गर्ने भारी तनावमा या, मोबाइल फोनमा आफ्नी आमासँग -- 'म सञ्चै छु !' भन्न नपाउँदै पिठ्यूँमाथि बसेको मालिकबाट घोडाले झैँ कोर्रा खानसक्छ अथवा, गम्भीर आरोपमा व्यस्त सडकको चौबाटोमाथि झुण्डिनसक्छ या कसाइँको हातबाट दुईटुक्रा छिनिनसक्छ । ओ, नेपाल सरकार ! जेलमा रहेका तिम्रा नागरिकलाई जस्तो साउदीको अदालतले तिमीलाई पनि मृत्युपत्रमा हस्ताक्षर गरिदियो भने कस्तो अनुभूति गर्छौ ...? समाप्त (ब्रुज खलिफा : दुबईमा रहेको संसारकै अग्लो टावर) - गुल्मीदरबार गाउँपालिका - १, बलिथुम, गुल्मी' (जिवित खड्का मगरको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - १८:४४:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend