Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

देउती बाजेको शहर (कविता) - पिताम्बर गौतम प्रकट

देउती बाजेको शहर (कविता) - पिताम्बर गौतम प्रकट

सतीश चापागाईं

१५, भाद्र २०७६
images
  आमा ! म झरेकै दिन तिमी उक्लियौ रे सायद , मैले च्याँ गरेको तिमीले सुनिनौ तिमीले ऎइय गरेको मैले म त ओर्लें यो सारा दुनियाँ देख्ने गरी तर, तर आमा तिमी त उक्ल्यौ रे कहिल्यै नफर्किने गरी उकालो बाटो ऊ त्यो देउती बाजेको शहरमा बाले भनेका जब तिमी माइतीघर छाडेर बाको घर आएकी थियौ रे केही समयमा म पनि त्यही तिम्रो शरिरभित्रको घर न्यानो पाठेघरमा आएँ रे हो त्यही बेला सारा जगत खुशी थियो रे सबैभन्दा खुशी त तिमी थियौ रे हजुरआमाले भनेकी तर , बिडम्बना ! दैवको खेल भनौं या मेरो भाग्य नौ महिनासम्म तिम्रो अंगमा टाँसिएर बसें जब अलग भएँ त्यो शरिरबाट न तिमीले मलाई देख्यौ न मैले तिमीलाई जब तिमी गयौ हो त्यही दिनदेखि मैले पनि उपमा पाएँछु "आमा टोकुवा" थाह छैन मलाई खै कसरि टोकें ? जब म धर्तीमा झरें दाँतै थिएन रे मेरो त माइला काकाले भनेका आमा है आमा चुसेरै सकें हुँला धर्तीमा ओर्लिनु अगावै किनकी जब म झरें तिमी थिइनौ रे मन अमिलो हुन्छ आमा सँधैभरी सम्झिन्छु तिमीले छाडेको उपहार होला म तिम्रो पेटमा हुँदा दिनहुँ जसो खान्थ्यौ रे निवुआ र कागती साँधेर अनि सुन्तला र ज्यामिर पनि खैर ठिकै छ आमा ! रामरी बस्नु है देउती बाजेको शहरमा सुखसँग बस्नु है कहिलेकाहीं मेरो झल्को आयो भने तल अलि तल हेर्नु है बादलको ढोका उघारेर म घरकै आँगनमा खेलिरहेको हुनेछु सानो पठ्यौरीसँग फगत सानो पठ्यौरीसँग मेरा साथीहरु मसँग खेल्न हुन्न रे आमा टोकेको मान्छे म ठुलीआमाले भनेकी अरे भुन्टे भाईसँग हामी जसोतसो बाँचेका छौं आमा बाको निमेकको कमाइले एका बिहानै बा उठेर खानाको जोहो गर्छन् मलाई , आफूलाई अनि दिनभर मसँगै खेल्ने सानो पठ्यौरिलाई खेल्दा खेल्दै थाक्छु आमा न्यानो गरी निदाउँछु पठ्यौरीको काखमा कति आनन्द हुन्छ त्यतिबेला सपना देख्छु तिम्रै काखमा छु तर आमा पठ्यौरीको भन्दा न्यानो हुन्छ रे आमाको काख तल्लाघरे सानेले भनेको परैबाट बा थाकेर आउँछन् खुइय्य गर्दै हेर्छन् माथी आकाशतिर उही देउती बाजेको शहरतिर तसलामा चामल बसालेर झोस्छन् चुल्हो मेरो दाम्रिएको पेट छाम्दै बोल्छन् भोकाएछ गद्गद् गर्दै पाक्छ दुई मुठी चामल बाको दिनभरको कमाई निमेक गरी ल्याएको मुखिया साइलाको घरबाट मीठो गरी खान्छौं दिनको दु:खबाट हराउँदै रातीको सुनौलो सपनाको आशामा फेरी उही दिनचर्या सुर्योदयसँगै दोहोरिन्छ आज पठ्यौरी कता लागेछ ? भेट्दै भेटिन एक्लै रोएँ कराएँ दिनैभरी अनि सम्झें म आउँदा गएकी आमा मैले टोकेकी आमा मैले टोकेकी आमा उफ्फ़ ......... हेरें देउती बाजेको शहरतिर !! देउती बाजेको शहरतिर !! - पोखरा, नेपाल । ( पिताम्बर गौतम प्रकटको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - १८:५५:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend