Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अावाज (कविता) - शर्मिला श्रेष्ठ

अावाज (कविता) - शर्मिला श्रेष्ठ

सतीश चापागाईं

१५, भाद्र २०७६
images
  नयन थिए मृगतृष्णाका कस्तुरीकाे खाेजी झैं सर्वत्र, सर्वाेपरी काकाकुल प्यासकाे तृष्णा रह्याे पानीबिनाकाे माछा झैं छट्पट्टिरह्याे अनुयायी, समर्थक, दर्द, छट्पटाहट यति थियाे की शब्द छैन वर्णनकाे, टुलुटुलु हेरी रहें अाँशु टिलपिलाउँदै बास्ना हर हर अाउँथे अपराधीका हेर्ने अभिलाषा प्रचुर अनुहार उसकाे स्वयंकाे शक्ति थियाे र नि दुर्बल भइयाे जकडमा बाँधिएका जञ्जिर घाँटीमा पट्टा कसी सकिँदैन थियाे जति काेशिस गरे पनि, रुञ्चे स्वरमा भुक्थें लात दिन्थे कति डिस्टर्व गरेकाे भन्दै चुपचाप अाँशु पिई घाेत्लिन्थें अाफै मनै मान्दैन थियाे तानिन्थे सकिन्छ कि भनी जञ्जिर तन्काउँदै अहँ सकिन जति बल गरे पनि, हे मालिक हाे ! एकफेरा जञ्जिर फुकाई देऊ माफी माग्नुछ देशभक्त संग अनि पुग्नु छ त्याे अाततायीकाे पर्दाफास गर्न उम्किन नपाअाेस् मेराे सुघाई बाट मेराे शक्ति अजमाऊ अादिकालदेखि मेराे बफादारीकाे गाथामा विश्वास गर एकफेरा मेराे अमुक अावाज सुन अावाज सुन !! - ललितपुर, भैसेपाटी, नेपाल । (शर्मिला श्रेष्ठको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - १९:०८:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend