१६, भाद्र २०७६
(१) विशेष गरी रवि लामीछाने एऊटा सामान्य कार्यक्रम प्रस्तोता हुन त्यो पनी निजी टेलिविज़न कम्पनीको , ऊनी बिगत लामों समय अमेरिका बसे, त्यसपश्चात बिगत चार वर्ष देखी news 24 television ma सीधा क़ुरा जनता संग भनने कार्यक्रम चलौने गरछन। यहाँ अहिले केही आफुलाई बुझकड़ भन्ने हरू रवि को समर्थक लाई भेड़ा भन्ने शब्दको विशेषण दिन्छन, सामान्य अर्थमा भेड़ा भनेको क़ुरा नबुझने, एउटाले हाम फ़ालेपछी सबैले ठीक बेठीक के हो नबूझिकन लगने भन्ने बुझीनछ। यहाँ सवाल यो हो की आज हजरौ लाखौ जनता रबी को पक्षमॉ भेड़ा जसरी लगनु को कारण के त,? के उनको अनूहार हेरेर हो? के उनले बाइक मा पेट्रोल हल्दियार, मासु भात खाने होटेलक़ो कूपन दियर अनी झूठा आस्वसन दियर जम्मा गरेको भीड हो?
(२) एकजना आफ़नो उमेर पनी उल्लेख गर्नु नसकने ७५ बर्षे बुडी आमाले मलाई मेरो छोरो भंदा पनी पयरो मेरो रवि छ भनेर प्रहरी प्रशासन को अनावश्यक बल प्रयोगको बावजूद पनी सिपाहिको लात र बूट खानु तयार भइन तर रविको पक्षमा आफ़नो आवाज़ रोकनु किन तयार भैंनन?
(३) यो प्रकरण बाट हमिले बुझनु पर्ने क़ुरा यदि राम्रो काम गरयो भने जनताले साथ दिंनछन।आज राज्य संयंत्र निरिह र लाचार भयको बेला १ सामान्य टेलिविज़न मा कार्यक्रम चलौने ब्यक्ति राज्य संयंत्र को निकाय भंदा रबी लामीछाने प्रति किन बिस्वास र भरोसा भयों? उनले के गरे र आज लाखौ जनता उनको पक्षमा मर्नु तयार भयो? मैले सामाजिक संजाल मैं हेरे, गुलमि बाट रवि को पक्षमा आवाज़ बुलंद पारनु चितवन आऊनु भयको एक जना ६५ बरशे बूबा ले पंचायत बिरुद्धा पनी लड़ें, त्यो बेला पनी पंचे हरूले मार्नू खोजेको थियो, मार्नू सकेनन, यो मेरो नाफ़ाको जीवन हो, मर्नु पनी तयार छु, रवि रिहा नभय समं यही चितवन बसेर आवाज़ बुलन्द पारछु, रवि ले तेस्तो के गरे र आज हरेक व्यक्ति उनको नाम मा ज़्यन आहुति दिन तयारभय?
(४) शालिक़राम प्रकरण ले पुस्टि गरेको अर्कों क़ुरा चाहयो र इक्षाशक्ति भयो भने परिवर्तन सम्भव छ, राम्रो काम गरने लाई जनता को साथ छ, यो भीड़ भेड़ा हरूको हुल होईन की राम्रोकाम को लागी साथ र राम्रो काम गरनकोलागी प्रोतसान हो।
(५) जब राज्य संयंत्र प्रति जनताको बिस्वसनीयता गुमछ तब जनता ख़बरदारी गर्नु बाध्य हुंछ, यो प्रकरण मा पनी कतिपय व्यक्ति हरूले भीड़ले न्याय दिने होईन भन्ने भनाई रहेको पाइयों, अहिले का जनता पनी तेती लाटों र सोझा कहा छन र? मेरो बुझाईमा यो भीड़ले कहिले पनी रवि लामीछाने माथि अनुसंधान हुनु हुदैन, उ हाम्रो भगवान हो, हाम्रो भगवानले जीवन मा कहिले गलतीं गर्दँन, रवि क़ानूनभन्दा माथि हो भनेको छैन, यो भीड़को एउटै ख़बरदारी हो, निस्पक्ष छानबीन होस, दोषी नउमकियोस, निर्दोष लाई षड्यंत्र गरेर न फँसाईयोस।
चितवन प्रहरीले पोस्ट्मॉर्टम रिपोर्ट आऊनु आगडी रबी लगायत लाई पक्राऊ गर्नु, आत्म्ह्त्या गर्नु आगडी रेकर्ड गरीयको भनेको भिडियो प्रहरीले नै लीक गर्नु, आत्माहत्या हो की हत्या हो पहिले त्यो एकिंन नगरनु, वारदात स्थलको होटेल वाला साहूलाई नियंत्रणमा नलिनु, हत्याको सम्भावना हुदा हुदा पनी आत्महत्या केन्द्रित अनुसंधान आगडी बढ़ाउनूले आम जनमनसमा निस्पक्ष अनुसंधानप्रति प्रश्न चिन्ह खड़ा भयको हुदा आम सर्वसाधारण स्वास्फूर्त रुपम रबी लामीछाने पक्षमा।
पुर्ब प्रहरी अधिकृत
हाल अमेरिका
प्रकाशित मिति :भाद्र १६, २०७६ सोमवार -
०७:१९:५३ बजे