Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

यहाँ निर्दोषहरुलाई मात्र कारागारमा थुन्छन्, के भनौ ? - अनवर अली (५ मुक्तकहरू)

यहाँ निर्दोषहरुलाई मात्र कारागारमा थुन्छन्, के भनौ ? - अनवर अली (५ मुक्तकहरू)

सतीश चापागाईं

१८, भाद्र २०७६
images
  मुक्तक -१ यत्तिसम्म बिग्रेला मानिसको विचार, सोचेकै थिइनँ आफन्तैले यसरी गर्लान् गिरेर प्रहार, सोचेकै थिइनँ सधैं चेलीलाई पराइदेखि टाढा रहन सल्लाह दिन्थेँ आफ्नै बाउबाट पनि होला बलात्कार, सोचेकै थिइनँ । मुक्तक - २ कुनै सानो गल्लिको होस् या ठूलो शहरको होस् उस्को शरिर फलामको अनि मन पत्थरको होस् दोस्ती त जस्तो सुकैसँग पनि गरिन्छ जिन्दगीमा तर मेरो दुश्मन चाहिँ मेरै हैसियत बराबरको होस् । मुक्तक - ३ मनलाई राम्रोसँग बुझाई दिनू छुट्टिने बेलामा आँसुभित्र कतै लुकाई दिनू छुट्टिने बेलामा तिम्रो उदासी मुहार नआओस् मेरो सम्झनामा प्रिय अलिकति मुस्कुराई दिनु छुट्टिने बेलामा । मुक्तक -४ आफ्नो कर्तव्य सम्झिनू हरपल कहिल्यै नभुल्नू एकदिन अवश्य मिल्नेछ फल कहिल्यै नभुल्नू जिन्दगीमा जतिसुकै उचाइ चुम्ने चाह राखे पनि तिमीले पाइला टेकेको धरातल कहिल्यै नभुल्नू । मुक्तक -५ अन्धो बहिरो लाग्छ देशको कानुन कहिले सुन्छन्, के भनौ अपराधीलाई बचाउन अनेकौँ जाल बुन्छन्, के भनौ दोषी स्वतन्त्र भई हिँड्छन् सत्ता र धनको प्रयोग गरी यहाँ निर्दोषहरुलाई मात्र कारागारमा थुन्छन्, के भनौ ? झापागाउँपालिका -५ पन्थापाडा 'झापा' (अनवर अलीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १८, २०७६ बुधवार - १८:२२:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend