Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - असन्तुष्ट जलन

गजल - असन्तुष्ट जलन

सतीश चापागाईं

१८, भाद्र २०७६
images
  तिमी भन्छ्यौ तिमीलाई पाउन घरबाट पन्छिनुपर्छ अहँ त्यस्तो कदापि हुँदैन मैले कर्तव्य सम्झिनुपर्छ तिम्रो पो घरमा सजिलै आवश्यकता पूरा हुन्छन् मैले त ओढ्ने कम्बल समेत परदेशबाट लिनुपर्छ मलाई हेरेर पनि सपना देख्ने केही जीवनहरू छन् गर्न केही सकूँला नसकूँला तर हौसला त दिनुपर्छ घमण्ड कहिल्यै नगर कसैलाई खोक्रो पारेकोमा बुझ गहुँलाई खोक्रो पार्ने घुन जाँतोमा पिसिनुपर्छ भावनात्मक सम्बन्ध राख्नुपर्छ जीवन्त रहन्छ जो भौतिक कुरामा मोह नराखेकै राम्रो स्वयं सकिनुपर्छ। - दङ्गिशरण -२, दाङ हाल : साउदी  (असन्तुष्ट जलनको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १८, २०७६ बुधवार - १८:२७:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend