Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मन बिनाको धन (पत्र-साहित्य) - शाेभा अर्याल 'दु:खी'

मन बिनाको धन (पत्र-साहित्य) - शाेभा अर्याल 'दु:खी'

सतीश चापागाईं

२२, भाद्र २०७६
images
  प्रिय हृदयश्वर सानू, अविरल सम्झना, मुटुभरीको माया । हजुरलाई कस्तो छ ? कुशलै हुनुहुन्छ हाेला हैन ? अनि घरतिरकाे खबर के कस्तो छ ? के गरी अाज भाेली दिनहरू बिताउनु भएको छ अनि हजुरको काम राम्रो छ कामसँगै राम्रो दाम पनि कमाउनु भएकै छ l दाम मात्रै कमाएर के हुन्छ र ? जब कि मनमा सन्ताेष छैन भने ? सबैभन्दा ठूलाे त मनमा सन्ताेष हुनु पर्दाे रहेछ जति दाम र नाम कमाए पनि ! तर के गर्ने याे दुई दिनको जिन्दगीमा पीडा मात्रै सहेर बाँच्नु परेकाे छ जिन्दगी जिउन गाह्राे पर्दाे रहेछ चाहेर नि अाफ्नाे हरेक इच्छा चाहना पूरा नहुँदाे रहेछ जीवन यस्तै रहेछ जिन्दगी भन्नु दु:खै दु:खले भरिएको जीवन । हजुरलाई त थाहै हाेला हाम्रो बर्षाैदेखि याे चाेखाे माया अनि जीवनभर साथ दिने भन्ने हजुरकाे त्यो बाचा कसम अब त घरी घरी सम्झाइरहनु पर्दैन । हजुरले बिर्सनु भयो कि शायद ? हजुरलाई सबै कुरा थाहा छ अनि हजुरकाे ती बिगतदेखि हरेक पल पल घटेका हरेक घटनाहरू मलाई सबै यथावत छ । हजुरले मलाई पल पल भनी राख्नु पर्दैन मलाई सबै थाहा छ अचेल हजुर धेरै परिवर्तन हुनु भएको छ खाेइ किन हाे किन हजुर धेरै परिवर्तन हुनु भएकोछ । परिवर्तन हजुर भए पनि केही छैन मलाई अाफ्नाे र घर परिवार अाफन्तकाे इज्जत सम्झेर अगाडि बढ्नु जीवनमा इज्जतभन्दा ठूलाे केही हाेइन हजुर । प्रिय सानू हजुरले कमाए धेरै धन सम्पत्ति अनि ठूलाे महल अनि चिल्लो कारलाई सबैले देख्छन् तर त्याे महल र चिल्लाेभित्र के रहस्यमय छ कस्लाइ के थाहा छ । जति ठूलाे महल अनि चिल्लो कार सुनमा थाल कचाैरा हिराकाे पलङ भएर के काम हजुर जहाँ अाफ्नाे मन शान्त र खुशी छैन भनी जति धेरै धन-दाैलत अनि ठूलाे महलकाे कुनै अर्थ हुँदैन ! सबैभन्दा ठूलाे मन शान्त र अाफ्नाे परिवार खुशी हुनुपर्छ । प्रिय सानू हजुरले अाफ्नाे शरिर मारी मारी कमाएको सम्पत्तिमाभन्दा दिनभरी लेबर काम यहाँ दिनभरी मेलापात गरेर ठूलाे रुखकाे फेंदमा त्रिपाल या पातीले बारेर बनाएको छानाे पानी चुहिने छानाे सुख, शान्ति र मिठो निन्द्रा लाग्छ हजुर तर हरेक पल हरेक क्षण धेरै सम्झाउँदा पनि किन लाग्दैन हँ ? किन अाफ्नाे मात्रै ढिपी किन ? दुनियाँले कुरा काट्ने बाटो बनाउने अाखिर किन ? प्रिय सानू हजुरलाई जे गरे पनि जस्तो तरिकाले हिँडे पनि सुहाउँदो रहेछ नशा पिएर पागलपन देखाएर हिँडे पनि सुहाउँदो रहेछ । तर बिचरा ती सन्तानकाे मन राेएकाे कस्ले देख्ने अामा बाबाकाे माया पाउने बेलामा बिछ्याइएर बाँच्नु पर्दाेरहेछ । यस्तै रहेछ जिन्दगी भन्नू कहिले दु:ख त कहिले सुख याे जिन्दगीको भरै हुँदैन । प्रिय सानु ! जिन्दगी भन्नू कहिले घाम त कहिले पानी रहेछ अामाकाे माया पाउने उमेरमा उनीहरुलाई अामा न्यानाे माया भए तर पनि केही थिएन अामाकाे न्यानाे माया नभए पनि जन्म दिने बाबूकाे त माया हुनु पर्ने थियाेे तर पनि याे निष्ठूरी बाबुकाे माया पनि भएन जुन बालपनका अामा बाबाकाे माया पाउने उमेरमा अाफूबाट टाढा टाढा बनाउने किन जुन उमेरमा अाफ्नाे अाफ्नाे जन्म दिने बाउकाे साथ नभएपछि उमेर बढेर बुझ्ने बेलामा उनीहरूकाे मन कस्तो हाेला कम से कम एउटा जन्म दिने बाउले त बुझ्नुपर्छ नि सन्तान हरेक दु:ख अनि हरेक बालपनकाे बाउ अामाकाे माया कस्ताे निष्ठूरी समय रहेछ । यही समयको खेल अनि नियति यही रहेछ भनेर चित्त बुझाउनु पर्दाे रहेछ क्यारे प्रिय सानू अहिले हजुरले पछिकाे बारे केही नसोची बाहिर बाहिर जति हिँडे पनि दु:खले कहिलै छाेड्दै अाफ्नाे बारेमा नसोचे पनि उनीहरूकाे बारेमा सोच्नु ल मैले हजुरहरू र हजुरहरूकाे परिवारकाे खुसी चाहन्छु मेराे यी कुराले दिल नदुखाउनु मैले त ती साना-साना सन्तानकाे लागि भनेकी हुँ कमाएकाे जमाउनु उनीहरूकाे राम्रोसँग ख्याल राख्नु भन्दै बिदा चाहन्छु । कुनै कुरामा गल्ति भएको भए मलाई माफ गरीदिनु । आजलाई यत्ति बाँकी सबै भेटमा बिस्तार । धन्यवाद । - उहीँ दु:खी अभागिनी शाेभा बुटवल -१४ बुटवल । (शाेभा अर्याल 'दु:खी'को यो साहित्यिक पत्र साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - १०:३५:०५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend