Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सन्त बहादुर -मुना धनन्जय

सन्त बहादुर -मुना धनन्जय

सतीश चापागाईं

२२, भाद्र २०७६
images
  एक गरीब किसानको छोरो ऊ जसले व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर सामूहिक हितमा अहोरात्र खटायो आफूलाई अरूको दुःखमा दुःखी बन्यो अरूको सुखमा खुसी मनायो हो त्यो त्यही पात्र हो जसको नाम सन्त बहादुर हो सरलता र समानताको पक्षधर जानेन छलकट कहिल्यै न त जान्यो भेद कुनै ऊ जे भन्छ त्यही गर्छ जे गर्छ त्यही भन्छ राष्ट्रियता लोकतन्त्र समाजवादको त्रिवेणीमा नुहाउन मन पराउने ऊ आफूलाई राष्ट्रको एक सच्चा कर्मठ सिपाही ठान्छ स्वाभिमानी हुनाले झुक्न जानेन कुनै ताकत औ शक्तिका अघि चाकरी र चाप्लुसीमा कहिल्यै रमाएन ऊ कारण परिश्रमी छ दुरदर्शी स्वभावको मान्छे वर्तमान र भविष्यको चिन्तनमा हरबखत योजना विकासका खाकाहरू कोर्छ ऊ हो त्यो त्यही पात्र हो जसको नाम सन्त बहादुर हो धेरै पटक बाढी पहिरोले गाउँ तहस नहस पारेका बेला हरेक गाउँ बस्ती औ हरेक झुपडीमा राहत पुर्याउन कसिने ऊ डुवान क्षेत्रको क्षतिपूर्ति दिलाउन मृत्युका पीडाजन्य घाउमा सहानुभूतिका मलम पट्टी लिएर पुग्छ दयाको खानी आत्मज्ञानी ऊ हो त्यो त्यही पात्र हो जसको नाम सन्त बहादुर हो स्वच्छ विचार पारदर्शिता धर्म उसको जानेन कहिल्यै भ्रष्टाचारको भर्याङ् उक्लन न त जान्यो महलको यैयाशी जीवन खरको झुपडीमा स्वर्गीय आनन्द भेट्ने ऊ धनको गरीब तर मनको धनी कुबेर जत्तिकै अनुशासन र सज्जनताको प्रतिमूर्ति अभिमान कुन चराको नाम जान्दै जानेन रिसले उसंग सम्बन्ध विच्छेद गरे जस्तै सादा जीवन उच्च विचार उसको मन्त्र हो त्यो त्यही पात्र हो जसको नाम सन्त बहादुर हो उसको अदम्य साहस सलाम योग्य छ कलियुगका रावणसंग लड्ने त्रेतायुगका राम जस्तै अझ भनौँ द्वापर युगका कौरवसंग लड्ने कृष्णका अवतार जस्तै सत्यको धरोहर ऊ जानेन झूठ गाउन सबैको भलाई जीवनको लक्ष्य हो त्यो त्यही पात्र हो जसको नाम सन्त बहादुर हो।। ( सबैको स्वभाव सन्त बहादुरको जस्तै भै दिए कस्तो हुन्थ्यो होला समाज? हाम्रा नेतृत्व वर्गले सन्त बहादुरसंग केही सिक्ने कि!)

images
प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - १०:४६:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend