२२, भाद्र २०७६
सामाजिक सन्जाल फेसबुकमा लाइक कमेन्ट र सेयर मनग्य मात्रमा आउने ठूलो कुरा होकि ? समसामयिक विषय सङ्गै यश प्लेट फर्ममा सान्दर्भिक कुरा प्रस्तुत गर्नु यस्ले दियको फाइदा हो ? कतिपयले लाइक र कमेन्टकै भरमा आफुले आफैलाइ सर्बस्व सम्झन्छ्न तर तिनिहरु कसरी सन्जालको रङ्गिन (वाल) भित्तो रङ्गाइरहन्छ्न त्यो अर्को महत्त्वपूर्ण विषय हो l त्यसैले हामी यस्तो परिधि र धरातलमा पौडी खेल्दै गर्दा बटुल्ने सकारात्मक र नकारात्मक सन्देसले हाम्रो समाजमा कस्तो प्रतिगामी असर पारी रहेको छ l क्षितिज पारी एकान्त बस्ती बाट नियाल्दा कस्तो प्रतिबिम्ब देखिन्छ ? सोच्नु पर्ने परिस्थिति पैदा भयको पाइन्छ |
लाइक र कमेन्ट बढी छ भन्दैमा जनताको प्यारो बनिने हो कि ? समाज लक्षित सकारात्मक कामको फलोअपले हो? या सत्य यथार्थ वास्तविक जनभावना अनुरुपका विषय बस्तु प्रस्तुती सामाजिक सन्जालमा प्रेसणको आम जनमानसमा पर्ने प्रभावले हो? ,बदलिदो समाज र समय अनुसार हामी सबै बदलिनु आवस्यक छ l किनकी पुरातन समाज र समयमै रमाउने हो भने रेडियो नेपाल आज कस्ले सुन्छ ? आज भोलि हुलाकमा कस्ले चिठी स्वदेस तथा बिदेस पठाउछ ? भन्दै गर्दा त्यो सरकारि परिपाटी हराइसकेको छ भन्न खोजेको पनि होइन, नयाँ पुस्ता नयाँ प्रबिधी सङ्ग रमेको छ l आजको विश्व एक स्मार्ट फोनमा देख्न सकिने भयको छ l विश्व नियालेको छ l त्यसैको पछि पछि एक पुरानो पुस्ता आखामा चस्मा लगाउदै त्यही प्रबिधीतर्फ अग्रसर हुँदै गर्दा यस्को प्रभाव र मापनको आवस्यक देखिन्छ ?
ब्यापारिक प्रचार र ब्यवहारिक तथा ब्यक्तिगत भावना प्रकट गर्ने माध्यम बनेका छन l राजनितीको गति र बिरोध, समर्थन बर्तमानका निकै लोकप्रिय सामाजिक सन्जालहरु यिनिहरुको प्रभाव समाज बिकासको लागि होकि बिकृती बिसङ्गती पैदा गर्नको लागि? खाली समय बिताउनका लागि? यसमा चासो दिनु पर्ने देखिन्छ l फाइदा सङ्गै बेफाइदा सबैका हुन्छ्न l प्रयोग कसरी गर्छ्न र कसरी मनन गर्छ्न भन्ने विषय ठूलो कुरा हो |
फेसबुक, इमो, भाइबर, लाइन, टुइटर, इन्स्ट्राग्राम र टिकटिक यसैमा आज तीन अरव बिस्वका मानिसहरु रमिरहेका छन l समाजिक सन्जाल प्रयोग कर्ताहरुलाइ श्रेणिमा राखेर हामी अध्ययन अनुसन्धान गर्न सकिन्छ l किनकी अर्को अर्थमा औल्याउँदै गर्दा छुट्टै तीन अरव जनसंख्या भयको राज्यको परिकल्पना पनि गर्न सकिन्छ l किनकी यस्ता तथ्यांक नियाल्दै गर्दा १५ देखि ४० बर्ससम्मका उर्जावान क्षमताका बिबिध ब्यक्तिहरु देखिन्छन l त्यसैले यो बिस्वको एक अदभुत पावर तथा शक्ति केन्द्र देखिन्छ l
जमना र समय अनुसार हामी सबै चल्न सिक्नु पर्दछ l यो समयको माग सङ्गै प्रबिधिले निर्धारण गरिदियको स्वस्थ पुर्ण पथप्रदसक हो l त्यसैले राज्यले यश क्षेत्रमा जन शक्ति निर्धारण गर्न सक्नु पर्दछ l होइन भने कुनै समयमा जटिल परिस्थिति आउन नसक्ने पनि होइन l किनकी आज हामी आफ्नो भावना सामाजिक सन्जालमा प्रकट गर्दै गर्दा ,पहिला हाम्रो समाजको इतिहास हेरौं, चौतारामा जम्मा भयर गफमा सिमित हुन्थ्यो ! त्यही गफ,भलाकुसारी, पक्ष विपक्षका तर्कहरुको प्रकट गर्ने माध्यम आज समय फेरियर सामाजिक सन्जालहरुमा आयको हो l अन्य केही होइन किनकी आज सन्जालमा आ-आफ्ना भावना पक्ष विपक्षका मत मतान्तर प्रकट गर्दै लडाइ लड्न थालियको हो l यस्मा कुनै दुइमत छैन l
सकारात्मक भन्दा पनि नकारात्मक सन्देसको पछाडी ठूलो भिड देखिन्छ l हामी देख्छौ सन्जालमा सकारात्मकभन्दा नकारात्मक अस्लिल विषयबस्तुहरु धेरैको आखामा गड्नुको सट्टा धेरै चर्चा बटुलेको पाइन्छ l आखिर यस्तो किन? यहाँ नीर प्रस्न चिन्ह खडा गर्ने समय आइसकेको छ | सन्जालमा नकारात्मक विषय कस्ले कस्तो प्रवृत्ति र चरित्र भयकाले प्रयोग गर्छन भन्ने विषय यहाँ नीर विश्लेषण गर्नु जरुरी देखिन्छ l
राज्य सत्ता कायपलटदेखि निर्वाचन समयमा पनि बिस्वका धेरै मुलुकहरुमा यस्ले नराम्रो परिणाम देखाइ सकेको छ l अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले पनि समाजिक सन्जाल टुइटरको अद्भुत प्रगोग गरेको पाइन्छ l किनकी उनले कुनै पनि विषय समाजिक सन्जाल बाट सार्बजनिक गर्दै आइरहेका छन l यो आ-आफ्नो बिचार विषय र सोचाइको फरक पाटो पनि हुन सक्छ l
समाजिक सन्जालबाटै कति कलाकार, कति सेलिब्रेटी , होरोइन,भन्दै रातारात चर्चाको सिखरमा आइरहेका छ्न ! न्यून बर्ग दु:खि गरिवका दिनहरु फेरियका छन l उपचारको अभावमा थलियका दुरदराजका जनताले पिडाको घाउमा मलम पायका छन l यो सुखद विषय हो l कतिपय अभियान्ताहरु आज सामाजिक सन्जालाइनै मुख्य पाटो मान्दै यसैको प्रयोग गर्दै l समाजिक कार्यमा लागिरहेका छन l सुसुचित गर्न सजिलो छ l सम्पर्कमा ल्याउन सहज छ l किनकी दुरिको हिसावमा जहाँ भयपनी बिचार बिमर्समा एकै स्थानमा ल्याउन सहज माध्यम बनेको छ l
यसैको माध्यम र गलत प्रयोगका कारण कतिपयको चरित्र संगै घरवार बिग्रेको छ l अकालमा ज्यान गुमाउनु परेको छ l मृत्युको सिकार बन्नु परेको छ l माया प्रेम गास्ने सम्पर्कमा तथा सन्चारको प्रमुख श्रोत मानियको छ lअनलाइन प्रोटलहरुको फलोअपकै कारण आज प्रिन्ट मिडियामा भन्दा छिटो जनताले सुचना पाउने अधिकार प्राप्त गरेका छन l यो सबल पक्ष हो l तर आज समाज कता जादैछ ? समाजिक सन्जाल प्रयोग गर्नेकाम नपायका बेरोजगार तन्त्र हुन ,भन्ने केही हुलको समूह पनि नभयको होइन किनकी तिनिहरु आफुलाइ अब्बल दर्जाका ब्याक्तित्व सम्झन्छ्न l किनकी तिनिहरु सामाजिक सन्जालबाट टाढा रहेका हुन्छ्न l
कतिपयहरु क्यानन,निकोन ,लगायत अन्य कम्पनिका केही क्यामेरा बजार देखि खरिद गरि कुनै कार्यक्रम तथा अन्य केही विषय बस्तु सामाग्रीको दुइचार क्लिक र फ्ल्यास मारी सामाजिक सन्जालमा अपलोड गर्दै क्वालिटी पुर्ण बिषय आम जनतालाइ प्रदान गरे भन्दै अब्बल सम्झन्छ्न l त्यो पनि नराम्रो होइन किनकी त्यो मस्तिष्कले त्यो बेगर अन्य केही सभ्यताका विषय देख्न सक्दैन l किनकी तिनिहरु पब्लिक स्पिचर र सत्यबादी हु भन्दै क बर्गको श्रेणिमा आफुलाइ उभ्याउने गर्दछ्न l तर तिनिहरुको बौद्धिकता प्राय शून्य रहन्छ ।
एउटा त्यस्तो पङ्ति छ l जस्ले समय सान्दर्भिक उच्च मुल्यांकनका श्रोत हरुलाइ सामाजिक सन्जालमा फलोअप गरिरहन्छ l त्यसैलाइ आधार स्तम्भ मान्दै निरन्तर खोजमुलक अनुसन्धानमा अग्रसर रहन्छ l जस्ले तथ्य सङ्गत सत्य विषयको राम्रो ज्ञान हासिल गरेको हुन्छ l र त्यो क्वालिटी पुर्ण भन्दै अब्बल सम्झने हरुको दर्हो मुकाबिला गरिरहेको हुन्छ l
नयाँ पुस्ता सङ्ग आखामा चस्मा लगाउदै नौलो प्रबिधी तर्फ आक्रसित पुरानो पुस्ता पनि यो चक्रबियुको प्रयोग कर्ता हो l किनकी नयाँ जेनेरेसनको हाम्रो नयाँ पुस्ता सामान्य महिला र पुरुष बिच भयको अङ्कमालको कुरालाइ केही जस्तो मान्दैनौ तर अर्को पुरानो पिढी यस्लाइ अपराधनै सम्झन्छ l त्यसैले हामिमा चेतनाको अभाव छ l यस्तो परिप्रेक्षमा कसरी दृस्ठि आवरण गरिन्छ ! भन्ने सन्दर्भले त्यो अर्थको तुक गहिरो सङ्ग राख्दछ l
आजभोली सन्जालमा यस्तै कुराहरु दिनप्रतिदिन बाहिरिदै आयका छन l कतिपय जोडिका सेक्स भिडियो पनि यसै माध्यम बाट बाहिरियको छ l कतिपय जटिल विषयबस्तुलाइ सेन्सरले काटेतापनी सबै समस्याको समाधान भयको पाइदैन ! तसर्थ यो जालो हामी माझ यसरी झाङ्गियको छ ! जस्को स्तर विश्व तहमा प्रबल बन्दै गइरहेको छ l
केही प्रयोगकर्ताहरु अलि भिन्न प्रकारका हुने गर्दछ्न l किनकी अकाउन्ट खोले देखि बर्सौ सम्म केही नयाँ कुरा अपडेट गरेका हुदैनन l केही पक्ष फेरि आफ्ना ब्यापारिक प्रचार र मिडियाका केही हाइलाईट्स जनमानस समक्ष प्रचार गरेका हुन्छ्न l कतिपय अनलाइन न्युज प्रोटल हरुले फेसबुक फेज मार्फत लाइब अन्तरबार्ता देखि सम्सद सम्मका सबै गतिबिधी प्रस्तुत गर्दै गर्दा हामी पनि दिनप्रतिदिन यसैको प्रयोग कर्ता हुँदै गैरहेका छौ ! यो आवस्यकता पनि हो l
सामाजिक सन्जालमा आयका सबै विषयबस्तु सत्य हुदैनन , सबैलाइ फलो अप गरिदैन , हामी पनि बुझ्ने भयका छौ l समाज समुदायले धेरै गम्भीर कुराहरुमा बढि सचेत गरायकै हो ! खुल्ला प्लेट फर्ममा बहस तथा आफ्नो तर्क राख्ने परिपाटी पो बिकास भयको हो l म पनि सामाजिक सन्जाल अधिकतम प्रयोग कर्ता हो l सबै विषय पत्याउनु पर्छ भन्छ्न ! मत पत्याउदिन ,सबैलाइ फलोअप त गर्दिन सन्जालको पनि आ आफ्नो परिधी र धरातल छ l मत बौद्धिक ब्याक्तित्व जो समाजिक सन्जाल प्रयोग गरिरहन्छ l समसामयिक विषयमा बोली र लेखी रहन्छ त्यस्तो ब्यक्तिलाइ फलोअप गरिरहन्छु !त्यसैले त सन्जालको महत्त्व बुझेको छु l
युरोपियन देस हरुमा गोलिको बाण चलाउदै फेसबुकमा लाइब गरिरहदा हाम्रो देसमा सामाजिक सन्जाल भित्र बोलिको बाण चलेको हो l किनकी लोकतान्त्रिक गणतन्त्र भयको देसमा वाक स्वतन्त्रता सबैमा हुन्छ l यो स्वभाबिक प्रकृया हो l प्रबिधिले विश्व पोति रहदा त्यस्को प्रभाव नेपालमा पनि देखियको हो l त्यसैले प्रयोगकर्ताको संख्या पनि उच्च मात्रमा बढेको हो l
प्रयोगकर्ताको संख्या बढिरहदा यस्को अर्थ महत्त्व र सन्देस कस्तो हुन्छ भन्ने कुरामा ध्यान पुर्याउनु आवस्यक देखिन्छ l तसर्थ राज्यले पनि यश क्षेत्रमा चासो दिनु पर्ने समयको बिजारोपण भयको छ l सत्यको पछाडी यस्तो शक्ति लुकेको छ l जस्ले कुनै समयमा सन्जाल बाटै दबाब मुलक न्यालयको फैसला गरेको पाइन्छ ! किनकी त्यो प्रत्येक ब्यक्तिको भिन्न बिचार हो l तर यो परिस्थिति नेपालमा पछिल्लो समयमा प्रष्ट सङ्ग देखियकै कुरा हो l
कतिपय गलत कामको विरुद्ध सन्जालबाटै भयको बिरोधले समस्याको समाधान सङ्गै केही बर्ष पहिला असार पन्ध्र धान दिवसको दिन हिलो खेल्दा महिला दिदी बहिनिलाइ अस्वभाविक व्यवहार गरेका कृषि मन्त्रीले राजिनामा दिन पुगेको तथ्य पनि हाम्रै देसमा विद्यमान छन l किनकी सामाजिक सन्जालमा चर्को बिरोधका कारण राजिनामा दिन पुगेका थिए । त्यसैले राज्य सम्यन्त्रमा पनि गहिरो प्रभाव राख्ने भयकाले सम्यम हुन जरुरी छ l
समाजिक सन्जालको परिधी र धरातल भिन्न कोणमा बिकसित हुँदै गैरहेको छ l बिस्वका ठुला ठुला नेतृत्व पनि सन्जाल प्रयोगबाट अछुतो छैनन l किनकी कुनै राजनैतिक मतमतान्तर यसै माध्यमबाट आम जनता समक्ष बुलन्द गरेको पाइन्छ l बिज्ञानको बढ्दो क्रान्तिले आज यो उपलब्धी दिलायको हो l यो अवसरमा बन्चित छु भन्दै तर्कन खोज्नु भनेको मुर्खता हुन आउँछ ! किनकी समयको माग पनि मनन गर्न सिक्नु पर्दछ ! जस्ले गतिलो पाठ सिकायको हुन्छ ।
भनिन्छ हिजो आज र भोलिमा कति परिबर्तन देखिन्छ ? त्यो सबै हामिले अनुभव गरेकै कुरा हो ! त्यसैले आज सत्य कुरा सामाजिक सन्जालमा प्रेसण गर्न के को डर ? गलत कुरा गर्न पो भयन । त्यता पनि चनाखो हुन जरुरी छ । किनकि आज राजनैतिक आवरण अनुसार पक्ष र विपक्षमा बाताबरण प्रदुषण बन्दै नदि धमिलिरहेको छ l धमिलो पानीमा माछा मार्न खोज्ने हरु पनि विद्यमान छन l तिनिहरुनै दुई खेमामा बिभाजन भयको देख्दा लाग्छ सामाजिक सन्जालको प्रभाव र यस्को सकारात्मक र नकारात्मक दुबै विषयमा बहस हुनु जरुरी छ l
विशेषत राज्यलेनै कानुन सङ्गत कुरा बाट यी सबै आवरणको असल ब्यवस्था मिलाउदै प्रसासनिक प्रकृयालाइ अगाडि लैजानु पर्ने देखिन्छ l किनकी जस्तो पनि रङ्गभेद हुन सक्ने देखियको छ l यश क्षेत्रमा अब्बल जनसक्ती, दर्ता प्रकृया कानुनी दक्षता र बिज्ञताको परिक्षण ब्युरोक्रेसि जस्ले राज्य सन्चालन गर्दा देखा पर्ने समस्या प्रती तत्काल समाधान गर्न सकोस l होइन भने पुरातन ढुङ्गेयुग तर्फ प्रेरित भय पुगि हाल्यो l जस्ले प्रबिधी क्रान्ती परिवर्तनको खोक्रो आदर्स र समृद्धिको चर्को नारा प्रस्तुत नगरे हुन्छ l
जनताको जनभावना मनन गर्न सकोस , अन्यायमा परेकालाइ न्यायदिलाउन न्यायलय नचुकोस भ्रष्टाचार कमिसनखोरिलाइ कार्वाही गरियोस , बिधिको शासन ,अमनचैन,र सान्ती स्थापना होस l नागरिकका हकअधिकार नखोसियोस , यस्तै यस्तै विषयमा विशेषत सामाजिक सन्जाल हरुमा चर्चा र परिचर्चा भैरहने हुन l यो हुनु पर्छ तर राज्यका जिम्मेवार निकाय चनाखो बन्नु पर्ने देखिन्छ l किनकी जनतालाइ चित्त नबुजेको विषय सन्जालमै प्रकट हुन थालेको छ ! त्यो समर्थन होस या बिरोध l
सबै मतमतान्तर कोट्ट्याइरहदा इन्टरनेटको पौच कति क्षेत्रमा पुगेको छ l कहाँ कहाँ का प्रयोग कर्ताले कसरी भावना प्रस्तुत गरेका छ्न l सात प्रदेस ७६ जिल्ला लगायत सबै स्थानिय निकायका जनताले ईन्टरनेटको सुबिधा उपभोग गरेका छन वा उपभोग बाट बन्चित छन l भन्ने कुरा पनि अर्को सन्दर्भ हुन सक्छ l यो सबै तथ्यांकलाई मध्यनजर गर्ने हो भने टोटल जनसंख्या स्वदेस तथा बिदेसको औसत मापनमा ३५% ले प्रयोग गरेको पाइन्छ l यो ३५ प्रतिसत मापन यस्तो जनसक्ती हो l जस्ले नेपालको आर्थिक,सामाजिक,शैक्षिक,राजनैतिक सबै पक्षमा राम्रो सङ्ग अस्थिरताको पाठ सिकेको छ ! बुझेको छ l विभिन्न सरकारी प्रसासनिक क्षेत्र देखि बैदेसिक रोजगारि र उच्च शिक्षा अध्ययन गर्ने युवा सक्ति हो l
तसर्थ राज्यले सामाजिक सन्जालमा समयमै लगाम लगाउन सकेन भने भबिस्यमा यसै क्षेत्रबाट नराम्रो शक्ति केन्द्रको उदय हुने छ l किनकी शक्ति भनेको साथ ,समर्थन र सपोट नै मुख्य कुरा हो l केही विपक्षका भावनालाइ बन्देज गर्न खोज्दा बिद्रोह हुन सक्छ किनकी अन्याय दमन नभई बिद्रोह हुदैन ,त्यहा बिस्फोट हुन्छ अनि त्यस ठाउँमा परिवर्तन संभव देखिन्छ l कस्तो समूह यस्को प्रयोग कर्ता हो भन्ने विषयले प्रभाव पार्ने हुदा यस्को धरातल र परिधी अलि जटिल र भिन्न प्रकारको देखिन्छ ।
प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार -
१९:४९:०९ बजे