Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आइसीसी सदस्यका लागि साउदीमा दुईजनाको भिडन्त

आइसीसी सदस्यका लागि साउदीमा दुईजनाको भिडन्त

सतीश चापागाईं

२३, भाद्र २०७६
images
अनिल आचार्य साउदी अरब गैरआवासीय नेपाली संघ (एनआरएनए)को साउदी अरबबाट एक मात्र आइसीसी सदस्य पदका लागि निबर्तमान अध्यक्ष नारायण पासवान र निबर्तमान उपाध्यक्ष उषा के सीबीच आउदो सुक्रबार रियादस्थित नेपाली राजदुतावासको प्रांगणमा चुनावी भिडन्त हुने भएको छ । चुनावी भेटवार्तामा दुबै उम्मेद्वारले तीव्रता दिएसंगै सहमतिको सम्भावना न्यून बनेको थियो । त्यसो त गत तिस अगस्तका दिन दमामस्थित अलख्याम अडिटरिएम हलमा दुवै आकांक्षीहरुबीच सहमतिको प्रयास नगरिएको पनि होइन तर आपसमा सहमति हुन नसकेपछि निर्बाचन समितिद्वारा चुनाबको घोषणा गर्नु परेको थियो । दुई-दुई पटक अध्यक्षमा रहेर काम गरेका नारायण पासवान चुनावी मैदानबाट नहट्ने निश्चित नै थियो, तर उहाकी प्रतिदंदी उषा केसीले चुनावी मैदानबाट कुनै पनि हालतमा पछि नहट्ने दृढता देखाएपछि अहिले निर्वाचनको माहौल तातिएको छ। साउदी एनआरएनएलाई नजिकबाट नियाली रहेका जनसम्पर्क समिति साउदी अरबका उपाध्यक्ष प्रमोद शर्मा लामिछानेका अनुसार, यसपटक माहोल नारायण पासवानको पक्षमा धेरै देखिएको र उषा के सी पनि भर्खरै सकिएको साउदी एनआरएनए २०१७-२०१९ कार्यकालमा उपाध्यक्षमा रहेर काम गरेको र आइसीसी बिधान संसोधन समितिका सदस्य धर्म के सी कि धर्म पत्नी भएकोले पनि उहालाई कम आँक्न नहुने बताउछन । यधपी आउदो सुक्रबार हुने निर्बाचनको परिणामले कसको पक्षमा साउदी अरबस्थित एनआरएनएमा आवद्ध मतदाताहरुको झुकाव रहेछ भन्ने छर्लंग हुनेछ ।

images
प्रकाशित मिति :भाद्र २३, २०७६ सोमवार - ०७:५९:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend