Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गाउँ छोडी शहर पसेँ गत्तिलो खानपान भएन - सुचिता काफ्ले (५ मुक्तकहरू)

गाउँ छोडी शहर पसेँ गत्तिलो खानपान भएन - सुचिता काफ्ले (५ मुक्तकहरू)

सतीश चापागाईं

२४, भाद्र २०७६
images
  मुक्तक -१ उसको दिलमा बसेर मैले कोशिस गरे पग्लिन न त सक्छु कठोर बन्न न त सक्छु फेरी बिर्सिन उपहार स्वरूप फूल दिएँ पत्थरले हान्यौ मलाई घायल मुटु ताजै छ अझै पनि निको हुन सकिन मुक्तक -२ ज्ञानी त त्यो हो जसले भुललाई स्विकार्छ पटमुर्खले काँडा रोजी फूललाई धिक्कार्छ बनाउदैन अरे कहिल्यै बाँदरले आफ्नो घर तर अरूले बनाएको पनि सधै उसले बिगार्छ । मुक्तक -३ धोका दिन तयार हुन्छन् बाचा कबुले नि ईशारैले लर्काइ दिन्छन् मुखले नबोले नि लेख्या हुँदैन निधारमा नि बेइमानी हो भनेर गर्न सक्छन् घात एक्दिन जति पाउ मले नि । मुक्तक -४ उकाली ओराली भञ्ज्याङ्ग चौतारीको बाटो लाग्छ मायाँ जननी र यो जन्मभूमिको माटो गाउँ छोडी शहर पसेँ गत्तिलो खानपान भएन संझेकी छु लैनो भैसीको दही मोही, दूध र आटो । मुक्तक -५ भाग्य भनौं या दुर्भाग्य कसले जान्न सक्छ र ? इमान होस या बेइमानी कसले छान्न सक्छ र ? फूल देखाई षड्यन्त्र गरी भाला रोप्नेहरूलाई जानाजानी उस्लाई आफ्नो कसले ठान्न सक्छ र ? - सुकेधारा, काठमाडौं । (सुचिता काफ्लेका  मुक्तकहरू  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २४, २०७६ मंगलवार - १५:१२:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend