Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

दुर्योधन र दुशासनहरू बजारमा खुलेआम देखेपछि - प्रकाश घायल (५ मुक्तकहरू)

दुर्योधन र दुशासनहरू बजारमा खुलेआम देखेपछि - प्रकाश घायल (५ मुक्तकहरू)

सतीश चापागाईं

२५, भाद्र २०७६
images
  अँध्यारो नै काफी थियो उसलाई घाम किन उदाउँछ ? जसको ललाटमा सुख छैन डोको नाम्लोमै रमाउँछ कम्मरमा पटुकी कसेर भोक तिर्खा बिर्सन्छ सबै पीरको ओछ्यान आँसुको सिरानीमा दु :ख बिसाउँछ । मुक्तक -२ अस्तित्व खतरामा पारेर पनि नगद हसुर्न लाग्नु भो नेपाल र नेपालीको इतिहास खाल्डोमा पुर्न लाग्नु भो रहेन चिन्ता यहाँलाई अखण्ड देश र स्वाभिमानको झन् उहाँ त नेपाली नागरिकता बोकेर दगुर्न लाग्नु भो ! मुक्तक -३ कुण्ठिएर मरे आकाङ्क्षाहरू बैँसमा कति रहर फटाएँ जानीजानी आफू जहर पिउँदै अरुलाई अमृत चटाएँ दुर्योधन र दुशासनहरू बजारमा खुलेआम देखेपछि चीरहरण नहोस् भनेर द्रौपदीलाई साडी उपहार पठाएँ । मुक्तक -४ मनको मैलो बिस्कुनसरी सुकाउँदा कसो होला ? मनकै गाँठो तिमी सामु फुकाउँदा कसो होला ? जन्म भएको नै हाँस-खेल गरी जिउन भन्छन् ओठको हाँसो फुलाउन पीर लुकाउँदा कसो होला ? मुक्तक -५ स्वदेशमा पाए जागिर युवा किन खाडी पुग्थ्यो खान्थ्यो खोलेफाँडो सुत्न मलमल राडी हुन्थ्यो परिश्रमको कारखानामा पसिनाको तान हाल्दै , छोरालाई भोटो अनि श्रीमतीलाई साडी बुन्थ्यो । फुटुङ्ग, काठमाण्डौ । (- प्रकाश घायलका मुक्तकहरू  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २५, २०७६ बुधवार - ०८:१५:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend