Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

प्रकृति (कविता) - अर्जुन शर्मा निरौला

प्रकृति (कविता) - अर्जुन शर्मा निरौला

सतीश चापागाईं

२५, भाद्र २०७६
images
अपूर्व मनोरम यो धर्ती आनन्दमयी सिर्जनाहरू आँखाहरूमा सुन्दरता वाह! बिचित्र । सयौं सुन्दरताहरू रमाईरहेछौं हामी हरियाली वन पाखा छहरा पहराहरू । चाँदी झैं टललल हिमशिखरहरू डाँड़ाकाँड़ा पहाड़ पर्वत नदीनाला खोला खोल्सा सागर महासागरहरू सिमसार झरना ताल पोखरी तराई मधेशहरू ।। यावत चराचर आ-आफ्नै जीवनशैली जलचर छलचर उभयचरहरू रमाई रहेछन् यावत भुसुनादेखि विशालकाय जीवहरू रमाई रहेछन् सबै ।। पृथ्वी हाम्रो साझा घर छन् धेरै चराचर ।। मानव हामी प्रकृतिको श्रेष्ठ विवेकशील प्राणी मानव हामी दानव भयौँ संसार आफ्नै बनायौँ प्रकृतिक सृजना सबै बराबर कुरो बुझौं हामी ।। जसले बनाए ब्रह्मण्ड जगत रमाई रहेछौ हामी हरबखत ।। हे! मानव बन्धु हो ! विवेक पुर्याउने है समय रहन्दै नत्र विलाप गर्ने छौं भोलि आऊ सबै हातेमालो गरौं प्रकृति जोगाउन । - गीतखोला, दार्जिलिङ्ग भारत । (- अर्जुन शर्मा निरौलाको कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २५, २०७६ बुधवार - ०९:००:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend