Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पहिले मुटुमा बसालेर, अहिले सुकुमवासी बनायौ । - गोम बिक्रम (५ मुक्तकहरू)

पहिले मुटुमा बसालेर, अहिले सुकुमवासी बनायौ । - गोम बिक्रम (५ मुक्तकहरू)

सतीश चापागाईं

२५, भाद्र २०७६
images
  मुक्तक -१ दुनियाँको जहिले पनि, दु:खमा मात्र ध्यान हुन्छ खुशी सबै बिर्सीहाल्छन्, आँशुको दर्द-गान हुन्छ सचेत भई सिक्नु सधै, प्रकृतिबाट पाठ अझै काँडा बीचको गुलाफमा, हेर कस्तो मुस्कान हुन्छ । मुक्तक -२ छिन्दैन भन्ने सम्बन्ध नि, अनायासै छिनिँदो रैछ अस्तित्व आफ्नै गिराएर, मान्छे पनि किनिँदोरैछ हृदयभित्र टाँस्नु मात्र, सम्बन्ध मीठो गाँस्नु मात्र जति चिने नि मान्छेलाई, कहिले पनि नचिनिंदोरैछ । मुक्तक -३ कस्तो प्रीति लाउँछौ कुन्नि ?, महँगो मूल्य चुकाएर टोलैभरी हल्ला चलाइ, सारा कुकुर भुकाएर फूर्ति उस्तै ला'को देख्छु, मिडियामै छा'को भेट्छु थाहै भए नि पर्दाभित्र, 'कर्तूत'हरू लुकाएर । मुक्तक -४ मायाबिना संसार चल्ने, अर्को कुनै बल हुँदैन पवित्र मन अर्पेपछि, सायद कतै छल हुँदैन सयौं चुम्बन दिए पनि, हजार गुलाफ लिए पनि हार्दिक माया छैन भने, कहिले पनि सफल हुँदैन । मुक्तक -५ पीडा-वेदना जोगाएर, मेरा ती खुशी फाँसी बनायौ राजधानीमा अरु राखी, सरुवा मलाई काशी बनायौ नियत तिम्रो बुझिएन, मायाले यति त डुबिएन आफ्नै मुटुमा बसालेर, अहिले सुकुमवासी बनायौ । ✍ गोम बिक्रम [email protected] कल्लाबारी, पाल्पा । २०७६ भदौ २५

images
प्रकाशित मिति :भाद्र २५, २०७६ बुधवार - ०९:०४:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend