Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अनुपको शहरमा आँचल

अनुपको शहरमा आँचल

सतीश चापागाईं

२५, भाद्र २०७६
images
नायक अनुपविक्रम शाही र नायिका आँचल शर्मा अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक तिम्रो शहर बोलको गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने दीपक शर्माको संगीत तथा अमर बान्तुको शब्द रचना रहेको छ। फिल्म निर्देशक वसन्त निरौला निर्देशित यस गीतको म्युजिक भिडियोमा नायिका शर्मा नायक शाहिलाई भेट्न उनको शहर पुगेकी छन्। आँचलले धेरै कोशिस गरेपछि मात्र अनुपले उनको प्रेम स्वीकारेका छन्। गीतको भिडियोमा आँचलले आकर्षक नृत्यसमेत गरेकी छन्। भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ। दिव्य सुवेदीको छायांकन रहेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्। आकर्षक स्थलहरूमा छायांकन गरिएको यस गीतले इन्टरनेटमा रिलिज भएसँगै तारिफ पाइरहेको छ। नेपाल समाचारपत्रबाट

images
प्रकाशित मिति :भाद्र २५, २०७६ बुधवार - २१:१२:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend