Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मलाई कसैले बास दिएनन् (गजल) - दुर्गा क्षेत्री

मलाई कसैले बास दिएनन् (गजल) - दुर्गा क्षेत्री

सतीश चापागाईं

२६, भाद्र २०७६
images
  मलाई कसैले बास दिएनन् अजनवी यो सहरमा भोको पेटलाई गास दिएनन् अजनवी यो सहरमा मन्दिरमा गै पैसा चढाए बियरका बोतल लडाए लाज छोप्ने नि कपास दिएनन् अजनवी यो सररमा अजनबी यो सहरमा स्वार्थी मानवको बास रहेछ मान्छे हो भन्ने विश्वास दिएनन् अजनवी यो सहरमा कुल्चिनेले कुल्चिरहे यहाँ बाधा झन झन बल्झिरहे मानवताको आभाष दिएनन् अजनवी यो सहरमा म केवल जिउँदो लाश हुँ ढलेको छु मसानै सरी भै हात माग्दा विधानास दिएनन् अजनवी यो सहरमा वेवारिसे अवस्थामा अजनबी सहरमा मर्दा( दुर्गा ) घरमा लैजान लास दिएनन् अजनवी यो सहरमा - सुनवल -५, नवलपरासी (सुस्ता पश्चिम) (-दुर्गा क्षेत्रीको गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - १६:३१:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend