Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राष्ट्रिय गीत (लघुकथा) - नारायण पाैडेल

राष्ट्रिय गीत (लघुकथा) - नारायण पाैडेल

सतीश चापागाईं

२६, भाद्र २०७६
images
  ब्याकुल माइला मस्त निदाइरहेका थिए । सपनामा चक्रपाणी चालीसे अाए र उनलाई भने - "हैन माइला ! याे कस्तो राष्ट्रिय गीत लेख्याै ? सयाैं थुङ्गा फूलका हामी .......हा हा हा !" "तपाईले लेखेकाे श्रीमान् गम्भीर ......जस्तै त हाे नि गुरु !" "मेराे गीत जस्ताे कहाँ हुनु तिम्रो गीत ?" "किन र गुरु ! मेराे गीत त हजाराैंबाट छानिएर नेपालकाे राष्ट्रिय गीत भएकाे हाे नि! तपाईंको जस्ताे महाराजकाे निगाहबाट बक्सबाट भएकाे हाे र ?" "हजारौंबाट छानिए पनि तिमीले लेखेकाे राष्ट्रिय गीत त जहाँ पायाे त्यहाँ बजाउनै नपाउने भन्या छन् । काेही काेहीले त राष्ट्रिय गीत चाहिदैन पनि भनिसके । हिजाे म बानेश्वरतिर डुल्दै थिएँ एउटा नेता घाेक्राे फुट्ने गरि कराइरहेकाे थियाे । भन्दै थियाे "हाम्रो भुँडी बढेर दुई मिनेट उभिन सक्ने हालतमा छैनाै । यसरी बजाउन पाइदैन । हामी उभिन सक्दैनौं ।" "कहाँ कहाँ बजाउन नपाउने रे गुरु ?" "पशुपति अार्यघाटमा" "किन! भट्टले नेपाली बुझेनन् क्या हाे गुरू ?" "त्याे पनि हुनसक्छ ।" "अाे हाे गुरू ! पशुपति अार्यघाटमा त बरु तपाईक‌ै गीत बजाउनुपर्ने हाे है ? मेरै गीतले तपाईंको गीतलाई अार्यघाट पुर्याइदिएकाे हाे ।" - चितवन । २०७६ भदौ २५ (-नारायण पाैडेलको लघुकथा  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - १७:१३:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend