Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

गीत - योगेन ढोली

गीत - योगेन ढोली

सतीश चापागाईं

२६, भाद्र २०७६
images
  सुख होस या चाहे दु:ख उस्तै माया होस माया झन बढ्दै जाओस् घट्दै नघटोस ।। तिम्रो निम्ति जून र तारा झार्न नसके नि हीरा मोती तिम्रो हातमा पार्न नसके नि जनम जनम प्रेमको दीप जलाई रहुँला दु:ख-सुख बाँड्दै जीवन चलाई रहुँला ।। झुपडीमै सुन्दर रङ्गीन प्रहर सजाउँला मधुर स्वप्ना देख्ने हामी रहर सजाउँला मन मिल्दा नै विश्वासको महल बन्नेछ त्यस्मै हाम्रो जीवन धान्ने पहल बन्नेछ ।। सुख होस या चाहे दु:ख उस्तै माया होस् माया झन बढ्दै जाओस घट्दै नघटोस् ।। - बौद्ध, काठमाण्डौ । (✍️ योगेन ढोलीको गीत साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - १७:२०:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend