Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए भित्रको चन्दा दान र 'कन्फ्लिक्ट अफ ईन्ट्रेष्ट' -शैलेश श्रेष्ठ

एनआरएनए भित्रको चन्दा दान र 'कन्फ्लिक्ट अफ ईन्ट्रेष्ट' -शैलेश श्रेष्ठ

सतीश चापागाईं

२७, भाद्र २०७६
images
शेष घलेको पहिलो कार्यकाल हरेक अर्थले स्वर्णिम रहेपनि दोश्रो कार्यकाल सन्तोषजनक मात्र रह्यो । "जिताउँ चट्ट: भबन भट्ट" को गगनचुम्बी नाराजुलुससहित बिजयी बनेका भबन भट्टले सोंचे जति र भने जति काम गर्न नसकेको होइन अघिल्लो कार्यकालमा जगेडा मौजुदा रहेको बचत पनि रित्तो पाएको यथार्थ ढिलै भएपनि अहिले सामाजिक संजालहरुमा छरपष्ट पोखिएको छ । आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँमा आयोजना गरिने बिश्व सम्मेलन धान्न र टार्न "सीड मनी" सम्म पनि नभएपछि अहिले उनले आफ्ना अग्रज-अनुज एनआरएनकर्मीहरुसंग ऋण सहयोगको याचना गरेको कुरा सार्वजनिक भएको छ । मैले अग्रज अभियन्ता र बिश्वस्त श्रोतहरु मार्फत बुझे अनुसार पहिले पहिले पनि यो महँगो बिश्व सम्मेलनको खड्गो टार्न अग्रज धनाढ्यहरुसंग ऋण लिनेगरिएको रहेछ र सम्मेलनको समापन पछि नाफाबाट चुक्ता गर्ने गरिएको रहेछ । तर पहिले पहिले यस्ता कुराहरु बाहिर आउने गरेका थिएनन । एनआरएनएका जिम्मेवार व्यक्तिहरुका अनुसार अहिले पनि बोलकबोल गरिएकाहरुबाट उठाउन बाँकी रकम करोडौं छ । हाम्रो कर्मकाण्डी समस्यानै त्यही छ बोली दिने तर बोलेको रकम चुक्ता नगर्ने ! वर्तमान अध्यक्ष भबन भट्टको आग्रह भुईंमा खसेको केही दिनमानै हुनेवाला अध्यक्ष अर्थात् उनका एकैजिल्लाका भान्जा कुमार पन्तले एक करोड ऋण सहयोग दिए भने त्यसको केही घण्टापछि धन मात्र होइन मन पनि ठुलै भएका उत्तर अमेरिकाका क्षेत्रिय संयोजक तथा आगामी कार्यकालका लागि सचिब पदका आकांक्षी गौरीराज जोशीले पनि एक करोड ऋण अनुदान दिएछन । दिनेले जे शर्तमा दिएपनि ऋणका रुपमा उपलब्ध गराईएको यो रकमलाई फलानो फलानोले एक एक करोड चन्दा दिए भनेर मौका पाउना साथ चकारी र चाप्लुसीमा निर्लिप्त रमाउने बानी परेका संचारगृह र पत्रकारहरुले बिषयगत अतिरंजना सम्प्रेषण गरिरहेका छन । यो बिषयमा मेरो चाँही अलि फरक मत छ । ठुला मनका यी दुई ऋणदाता प्रति मनभरी आभार भएपनि आगामी कार्यकालको लागि उम्मेदवारी घोषणा गरेर देश-विदेश दौडाहमा लागि सकेका उम्मेदवारले आफुले दिएको रकम सार्वजनिक गर्नुले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको छ र यो बिषयगतरुपमा व्यक्तिको "कन्फ्लिक्ट अफ ईन्ट्रेष्ट" पनि हो । यस्तो कर्मलाई सभ्य र सम्मुन्नत अनि शिक्षित समाजले "ईथिकल" मान्दैन । करिब चार बर्ष अघि कार्यक्रम सम्प्रेषणका लागि मसंग वार्तालाप गर्ने क्रममा तात्कालिक अध्यक्ष शेष घलेले भनेका थिए "यत्रो बर्षपछि हाम्रो एनआरएनए बल्ल एउटा अभियानसम्म त भयो तर संस्थागत हुन सकेको छैन ।" संगठन आर्थिकरुपमा टाट पल्टिएको पछिल्लो अवस्था पढेर हेरेर म शेष घलेजीसंग उ बेला भएको त्यो अन्तरंग आत्मीय वार्तालापको स्मरण गरिरहेको छु । म कहिले काँही आश्चर्यचकित हुन्छु तिनै शेष घले र भबन भट्ट आफ्नो बन्द-ब्यबसायमा चाँही सतप्रतिशत सफल हुने तर हाम्रो एनआरएनए नेतृत्व गर्दा चाँही किन त्यही रेञ्जमा सफल हुँदैनन कि उनीहरुले आफ्नो सतप्रतिशत बुध्दी र नेतृव कौशल लगाएका छैनन कि त हामीले उनीहरुलाई यथोचित आवश्यक सहयोग गर्न सकेका छैनौं!? कुरोको गाँठी के हो? यसको सुक्ष्म बिबेचना गर्ने समय भने आएको छ । न्यु योर्क, अमेरिका 

images
प्रकाशित मिति :भाद्र २७, २०७६ शुक्रवार - ११:२४:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend