Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

निष्टुरी नै रैछस् है दशै तं पनि -सबिता अधिकारी

निष्टुरी नै रैछस् है दशै तं पनि -सबिता अधिकारी

सतीश चापागाईं

२९, भाद्र २०७६
images
फेरि पनि घुमी घुमी तं आईस् है दशै तर मेरो लागी उस्ता उस्तै रहनी भो टन्न झोला बोकेर घर भित्र छिर्ने मेरो रहर आज फेरी बिदेश तिरै एकादेशको काहानी भो सोर्ह श्राद्ध लायो, घटस्थापना आयो मेरो दशै परदेशमै जमरा जस्तै पहेलो भो कतै लाहुरे बनेर आयो कतै पहरेदार भनेर आयो अखिर दशै आयो फेरी पनि परेली पखालेर आयो जसरी आउनु थियो दशै तेसैगरि आयो कतै मिठो बनेर आयो, कतै तितो भनेर आयो कतै नयाँ बनेर आयो, कतै पुरानै लगा भनेर आयो जे होस् दशै आयो १ बर्ष पैले नै बनेर आयो नआउनु थियो दशै कठै बरा आएरै छोड्यौ कतै आकाशको बाटो झुपडीको आस बनेर आयो कतै तेही बाटो बाकासमा लास बनेर आयो जोजो जहाँ जसरी आएपनि दशै कसैको लागी ख़ास बनेर आयो फूलपाती, अष्टमी र माहानवमी हुदै दशमी आयो कतै खसी काटेर आयो,कतै कुखुरा रेटेर आयो कही रातै टिका हाँसोमा आयो,कही खाली निधार आँशुमा आयो जसो तसो यो बुढो दशै फेरी पनी घर घरमै छायो । अब बाकी केनै भन्नु छर दशै मैले तंलाई कही धन पोखाएर गैस्, कही रिन बोकाएर गईस जसो तसो तं आईस्,अनी खुशी बाँडेर गईस निष्टुरी नै रैछस् है दशै तं पनि एकपटक फेरी परदेशी मन भाँडेर गईस । गोरखा नेपाल हाल: बाल्टिमोर, अमेरिका

images
प्रकाशित मिति :भाद्र २९, २०७६ आइतवार - ०७:२७:०५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend