Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सगुनका बारेमा सानुबाबु सिलवालको गम्भीर आरोप

सगुनका बारेमा सानुबाबु सिलवालको गम्भीर आरोप

सतीश चापागाईं

३१, भाद्र २०७६
images
रातभर-रातभर उभिएर, कुलर भरेर​, भुइ सफा गरेर​, ज्यानको समेत जोखिम मोलि कमाइएको दुखि डलर अनेक भाँति-भाँति लोभ लाल्चा देखाएर लगानिका नाममा केहि होला कि, केहि रकम थपिएर आउला कि भनेर हालिएको रकम खाइदिए दाजु यो सगुन भन्ने आइपिओ सस्थाले। उठाइदिन सकिएला कि? अहिले त सम्पर्क गर्दा पनि लापत्ता छन फोन नै उठाउदैनन​। म जस्ता झन्डै अरु ७०-८० जना नेपालीको डलर बर्बाद बनाइदिए केन्टकि राज्यमा मात्रै मैले चाल पाएसम्म​।। मैले त एक हजार मात्रै हाले तर ५ हजार सम्म​ लगानी गर्नेहरु थुप्रै छन​। यदि यो सत्य हो भने यो आर्थिक अपराध हो सगुनको। नेपाली दाजुभाइ दिदिबहिनिहरुको लगानिको नाममा डलर उठाएर ति पिडितहरुसङ्ग नाजबाफ र प्रतिउत्तर नदिनकै बस्नु हुन्छ भने यसको उपचार खोज्नु पर्ने हुन्छ​। अमेरिका लगायत​ अन्य मुलुकका प्रबासि दाजुभाइ दिदि बहिनिहरुको रकम उठाएर मनलाग्दि खर्च गर्ने, तिनका सन्चालकहरुको आर्थिक अपचलन​, नेपालको बिबेकसिल साझा पार्टिलाइ समेत लगानि गरिएको र केहि राजनैतिक पार्टीलाइ चुनाब खर्च​, खुवाउने पिलाउने नाममा, ५ तारे सुपरस्टार होटलहरुमा मोजमस्ति गर्नमा उक्त सकलित रकम खर्च गरिएको भन्ने रिपोर्ट हामिकहा आइपुगेको छ​। यस्तो अबस्थामा हजारौ नेपालि दाजुभाइ दिदिबहिनिहरुलाइ झुक्याएर रकम लगानि गर्न लगाउने र ति रकम झ्वाम पारि सामाजिक सञाल र मेडीयामा खर्चिएको हो भने ति दाजुभाइ दिदिबहिनि जसले रकम हाल्नु भ​एको छ उहाहरु प्रति जबाफदेहिता र सकलित एबम खर्चको सार्बजनिक ब्रेकडाउन आउन सकोस​। कम्प्लेन र गुनासोहरु बढ्दैछन र यो बढ्ने क्रम जारि छ​। तपाइहरु जो जो सन्चालकहरु हुनुहुन्छ जतिसक्दो चाडो पार्दर्शिता र उहाहरुको लगानिको अबस्था बाहिर ल्याउनु होला। नत्र फेडेरल फाइनान्सियल क्राइम हेर्ने निकायले इनभेष्टिगेसनको प्रक्रियासम्म पुग्दा तपाइहरु कानुनि सजायको भागिदार बन्नुहोला। कम्प्लेन गरिए अनुसारको झुक्याएर लगानि गराइ उक्त रकमको हिनामिना गरि लगानिकर्ताको डुब्ने अबस्थामा पुर्याउने फाइनान्सियल सिरियस क्राइम हो। अब आइन्दा पारदर्शिता र उहाहरुको सबैकुरा बाहिर न आएसम्म सगुन भन्ने सस्थामा लगानि नगर्नुहोला। (यो विचार सानुबाबु सिलवालको व्यक्तिगत विचार हो । कतिपय सामान्य जानकारी समय मै दिन सक्दा सर्बसाधारणलाई आफ्नो धरान बनाउन सहयोग पुग्न सक्छ भनेर स्थान दिएका हौँ । सगुनमा कुनै नराम्रो नभएको होस् भन्ने कामना हाम्रो छ ।सम्पादक ।)  

images
प्रकाशित मिति :भाद्र ३१, २०७६ मंगलवार - १४:२३:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend