Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - उत्तम विचार

गजल - उत्तम विचार

सतीश चापागाईं

२, आश्विन २०७६
images
यो जमाना बिटोमाछ नोटमा छैन तर टिपेर ल्याउनुहुन्थ्यो बोटमा छैन तर । पर्खी बस्थे मुनाहरू युरोप अस्ट्रेलिया मदन यता खाडिमाछ भोटमा छैन तर । खुकुरी बज्रन्छ आफैमाथी सहन्छ ऊ अचानोको दुखेसो चोटमा छैन तर । आश्वासन र नारामा अल्झेकाछौं हामी खबरदारी हिजोको अठोटमा छैन तर । मुटुभित्र राखेकोछु, हाम्रो चोखो माया नखोज गुलाबी त्यो ओठमा छैन तर ।   - लिखु- ६, नुवाकोट । (उत्तम विचारको यो गजल  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार - २०:४८:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend