Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ट्वार-ट्वार (कविता) - दयाराम शर्मा

ट्वार-ट्वार (कविता) - दयाराम शर्मा

सतीश चापागाईं

२, आश्विन २०७६
images
  हिमतालको छेवैमा ट्वार-ट्वार ट्वार-ट्वार गरिरहेछ मीठो सपना बोकी,चिसो बतासमा काँप्दै गर्वले भुक्क फुलिएर.... नयाँ युगको नयाँ भ्यागुतो बिहानीको किरण बोक्ने हिमाल परावर्तित किरणले मोहित बनाउने ताल तालको छेवैमा बैंसले उन्मत्त ऊ... गर्वले हिमालभन्दा अग्लो हुन्छ प्रेमले सागरको छाल लहराइदिन्छ मन्द-मन्द बतासमा मन्दिएको बुद्धिले एक युगको एक हस्ती सावित गर्न नयाँ भाकामा पुरानै गीत दोहोर्‍याउँछ ट्वार-ट्वार ट्वार -ट्वार....... मेरो..,म .., महानतम सिद्ध गरिदिएँ प्रेष्ट्रिज के चिनाउँछ यो सारा दुनियाँलाई औँला देखाउँदै भन्छ तैँले झुक्नुपर्छ हिमाल तेरो रौनकता मेरो लागि हो थियो कुनै बेला झुप्रो समयले महल दियो चिन्दैनथे कसैले समयले चिनायो पत्याउँदैनथे कसैले औँला बङ्ग्याउने कला सिक्यो गलमा मीठो भाका कोइलीले सापट दियो फूलको जस्तै सुवासना बोकेर हिमतालका सारा जनता मुठ्ठीमा पार्दै विश्वास बोकेर बाँचिरहेका छन् आत्माहरू समृद्धिको सपना तुहिएको छैन् कठै......! बोल्दैछ उसै गरी ट्वार-ट्वार...... हिमतालको छेउमा अर्कोले हात राख्यो छेउछाउका जनतालाई सास्ती छ बुझ्दैन मस्त छ किनकी ऊ हिमालदेखि हिमताल जस्तो पवित्रतामा जन्मेको आफ्नै आफ्ना छन् सबैतिर गुणगान गर्ने रित्याउँदैछन् आफन्तले हेरिरहेछ नबोली निरीह निर्दोषलाई जेल नेल गरी महान सावित गर्दै कैयौं वर्ष भयो बमले उडेको छाना उस्तै छ बुढिएर कुप्रिएका जनताका घर उस्तै छन् भत्किएका धरोहर उठ्ने कुनै उपाय छैन् गलामा सजिने माला नबन्ने हिमतालमा छुद्रताको जाल बिछाएर ..... ऊ आयो.. लौ आयो ..घरकै आगनमा नयाँ चमत्कार बोकेर समृद्धि आयो.. छेउको अग्लो डल्लोमा बसेर पुरानो भाकामा, पुरानै शैलीले, पुरानै कागजको कुरो उसै गरी भन्दैछ .... ट्वार-ट्वार ट्वार-ट्वार...... - हाल : शुक्लाफाँटा १० झलारी, कञ्चनपुर । (- दयाराम शर्मा को यो कविता  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार - २०:५३:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend