Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - ज्ञानु न्यौपाने

गजल - ज्ञानु न्यौपाने

सतीश चापागाईं

२, आश्विन २०७६
images
  हेरेको थे डायरीका पाना हजुरको प्रेम छुट्दा घट्दो देखेँ खाना हजुरको । क्रोध पोख्दै शब्दसँग केके कोर्नु भाथ्यो दुख्दो रैछ हृदयको चाना हजुरको । उपनाम पापी स्वार्थी घाती केके देखेँ, पर्दा हो नि त्यो नेत्रको छाना हजुरको । यता मात्र हो कि सधै प्रेम पीडा भन्थे झर्दो रैछ सधै अश्रु दाना हजुरको । म गाउँथे गीतहरू सुन्नुहुन्थ्यो रमी भेटे सुन्न चाहन्न म गाना हजुरको । - बगनासकाली -३ आर्यभञ्याङ्ग, पाल्पा । (ज्ञानु न्यौपानेको यो गजल  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार - २०:५६:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend