Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

संविधान दिवसको शुभकामनासहित ५ स्रष्टाका ५ मुक्तकहरू

संविधान दिवसको शुभकामनासहित ५ स्रष्टाका ५ मुक्तकहरू

सतीश चापागाईं

१२, आश्विन २०७६
images
  मुक्तक -१ दैवले नि यही पुर्पुरोमा केके लेखी दियो एकै जुनीमा तीन-तीन संविधान देखियो लेख्नेले अब्बल भन्दै वकालत गरिरहे - धर्म-संस्कार र पूर्खाको इतिहास मेटियो । - भरत आचार्य पोखरा म. न. पा. -११ काहुँ मुक्तक -२ प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र आए पनि, देशले के पायो ? जतिसुकै परिवर्तनका नारा लगाए पनि, देशले के पायो ? हिजो राष्ट्र र राष्ट्रियता बचाउनको निमित्त लडेका सहिदले, नडराई छाती फुलाएर गोली खाए पनि, देशले के पायो ? - कविता घर्ति मगर । सानीभेरी न .पा . – १४, माल्नेटा, सल्यान । मुक्तक -३ हिजो बोल्नै नपाएको नियति भोगेर वा पढेर अाएका हौ सिंहासनमा बस्नेसित न्याय माग्न जरुर तिमी डराएका हौ सत्ता, सरकार र संविधानको विरोध गरी नथाक्नेहरू सुन, विरोध गर्ने अधिकार पनि यही संविधानबाट पाएका हौ । - दिपेन्द्र संग्रौला दिल-दु:खी लालीगुराँस न.पा. -६ तेह्रथुम । मुक्तक -४ आएर होला तिम्रो संविधान सस्तो मिल्दै छ आज गरिबको घरमा चुलो बले जस्तो मिल्दै छ आज सम्मानिय नेता अनि मुसाको चाल उस्तै-उस्तै मुसाले धान नेता ले देश कस्तो मिल्दै छ आज । -प्रकाश पाठक कपिलवस्तु । मुक्तक - ५ हराए सब आश्वासनका, मीठा-चोपिला नारा अचेल पहुँच भए उम्कीहाल्छन्, जघन्य दोषी सारा अचेल न्याय निसाफ एकै छैन, निमुखालाई टेकै छैन आफ्नै अर्थमा व्याख्या हुन्छन्, संविधानका धारा अचेल । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । [email protected] (यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - ०५:५४:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend