Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकी एनसीसीले यो हारको पूर्ण जिम्मेवारी लिनुपर्छ - रविन बज्राचार्य

अमेरिकी एनसीसीले यो हारको पूर्ण जिम्मेवारी लिनुपर्छ - रविन बज्राचार्य

नेप्लिज डायस्पोरा

२४, कार्तिक २०७६
images
  यसपालिको एनआरएनको चुनावमा अमेरिकाबाट उमेदवारी दिइएका सम्पूर्ण उमेदवारहरुले जित्ने प्राय निश्चित नै देखिएको थियो भने IES को १२ सिट(११ निर्वाचित र १ मनोनित)मध्ये अमेरिकाले ६ सीट ल्याउने कुरामा म ढुक्क थिएं, सो अनुसार प्रचार प्रसारमा पनि लागिएको थियो। तर चुनावको पूर्व सन्ध्यामा आएर एसी शेर्पाले आफु नेपाल सरकारको अमेरिकाको अवैतनिक बाणिज्य दुत भएको कारण कन्फ्लिक्ट अफ इन्टरेष्ट हुने देखिएकोले नैतिकताका आधारमा उमेदवार नदिने धोषणा गर्नु भए लगतै अमेरिकाबाट चार जना मात्रै उमेदवार मैदानमा बाकि रहे। सो मघ्ये दुई वटा सिट भएको सचिव पदमा गौरी जोशी बिजय प्राय निश्चित नै थियो भने महिला उपाध्यक्ष पदमा पनि बन्दना कोइरालाको साथ र समर्थन का साथै सपिला राजभण्डारीको चुनावी प्रचारमा कमि देखिएकोले रबिना थापाले चुनाव जितिन्छ भन्नेमा सबै ढुक्कै थियौं। तर उपाध्यक्षका उमेदवारहरु दुई जनालाई कसरी जिताउन सकिन्छ भन्ने कुरामा एन सी सी अमेरिकाले खासै गृहकार्य गरेको पाइएन। एक तर्फ एक जना उमेदवारलाई जिताउन दरवार मार्गमा कार्यक्रम गरेको देखियो भने अर्कालाई पाखा लगाइएको अनुभव भयो। अमेरिकी कार्य समितिले एक जना उम्मेदवारलाई जिताउने आफ्नो रणनिति अनुरुप आफू खुशी (नेपाल नजाने) समेतलाई सहभागी गराएर डेलिगेटस लिस्ट निकाले, जसका कारण ब्यापक असन्तुस्त भएकोले डा पौडेलको भोट धटन गएकोमा कुनै सन्देह रहेन। कार्य समितिकै धेरै जनाले नेपाल जान्छु भनि नगएर डा पौडेललाई घोका दिए भन्दा कुनै अतियुक्ति नहोला। फल स्वरुप अमेरिकाज क्षेत्र बाट पाइने कुल डेलिगेटस संख्या २७२ मध्ये २६१ जनाले मात्रै भोट खसाले। जस मध्ये डा पौडेलले जम्मा १७० मत हासिल गरे भने सोनाम लामालाई १५१ मत मात्रै दिइएको पाइयो भने उपाध्यक्ष पदमा तेस्रो स्थानमा बिजयी मन केसी ले ९३ मत लगेको पाइयो। स्मरण रहोस, मन केसीले कुल मत ९६१, सोनाम लामाले ८९८ र डा पौडेलले ८७० मत प्राप्त गरेका हुन। भनेसी केसी र डाक्टर का बिच ९१ मत र डाक्टर र सोनाम लामाका बिच ६३ मतको मात्रै फरक छ। यदि केसीले अमेरिकाजबाट ९३ मत नलगेको भए लामा तेस्रो स्थान र पौडेल चौथो स्थान लिएर सहजै बिजयी हुन्थे। अमेरिकाज क्षेत्रबाट आएको मतलाई बिश्लेषण गर्ने हो भने ब्यापक अन्तर्घाट गरिएको देखिन्छ। सोनाम लामालाई आएको मत हेर्दा डाक्टरलाई मत दिएका केहि मतदाताहरुले सोनामलाई मत नदिइ मन केसीलाई मत दिइएको पाइएको छ। साथै खसेको कुल मत २६१ लाई हेर्दा उपाध्यक्ष पदमा कुल १०४४ मत( प्रति ब्यक्ति ४ जनालाई मतदान गर्न पाइने) खसेको हुनु पर्नेमा ८०९ मत मात्र खसालिएको पाइएको छ भने २३५ मत एक छापे गरेर खेर फालिएको देखिएको छ।यसो हेर्दा करिब ७९ मत सम्म एक छापे मत हालिएको देखिएको छ। जे सुकै होस, निकै कम मतान्तरले अमेरिकाका जित्न सक्ने उमेदवार एन सि सी को अदूरदर्शीताका कारण हारेको हो भन्दा कुनै गल्ती हुने देखिंदैन र एनसीसीले यस हारको पूर्ण जिम्मेवारी लिनु पर्छ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७६ आइतवार - ०७:५९:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend