Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

भारतलाई चेतावनी दिदै अमेरिकाबाट नेपाली युवा यसो लेख्छन

भारतलाई चेतावनी दिदै अमेरिकाबाट नेपाली युवा यसो लेख्छन

नेप्लिज डायस्पोरा

२४, कार्तिक २०७६
images
  आज शनिवार भारतमा आजसम्मको सबैभन्दा विवादित मुद्धा र स्थान राम मन्दिर- बाबरी मस्जिदको फैसला हुँदैछ | जे निर्णय भएपनि अब एउटा समूहलाई मान्य हुन्छ अर्कोलाई अमान्य | एउटालाई स्वीकार र अर्कोलाई धिक्कार | एउटालाई न्याय अर्कोलाई अन्याय | फैसला हुनासाथ उग्र आन्दोलन हुनेछ | साम्प्रदायिक दङ्गा हुने भय छ | भारतमा बाह्य र आन्तरिक आतंकवाद झन बढ्ने शंका गरिँदैछ | उत्तर प्रदेशका धेरै स्कूलहरु र सरकारी तथा सार्वजनिक सँस्थाहरु आउने हप्ता बन्द गरिएको छ | सेना, प्रहरीलाई सजग गराईएको छ | दिल्ली, मुम्बाईलाई पनि हाई एलर्ट् गरिएको छ | यतिबेला भारतलाई आफ्ना प्रदेशबाट मात्रै हैन परदेशबाट साथ, सहयोग, सद्भाव, समर्थन चाहिएको छ | छिमेकी मुलुकहरुको त झनै | तर भारतले कहिले कुन समुदायलाई रिझाउँछ, च्याप्छ त कहिले कुन समुदायलाई चिढ्याउँछ | उसले सबै छिमेकी देशहरुसगँ मित्रवत सम्बन्ध राख्नु भन्दा शत्रुवत व्यवहार गरेको छ | कसैलाई मित्रवत गरेपनि आफ्नो निजी स्वार्थको लागि l छिमेकभन्दा टाढा पनि धेरै राष्ट्रहरुसगँ असल र अवल सम्बन्ध छैन l यो भारतको अरुलाई सौता, सैतान र जार र झार सम्झिने सँस्कारले भारतमा धेरै दिन कुर्नु पर्दैन महाभारत हुनेछ । नेपाललाई सधैं दुखी र बेखुशी बनाई रहने भारतले भर्खर नेपाललाई चिढ्यायो, पाकिस्तानलाई पहिलेदेखि नै, बंगलादेशलाई बिगतदेखि नै, श्रीलंका, मालदीप्स सबैलाई खुशी पार्नु त परै जाओस्, खुशी खोस्न चाहन्छ l छिमेकी हरेक देशको जल थलमा आँखा गाड्छ र किला l नेपाल, सुख-दुख, भर-अभर, मेल-मिलापमा सधैं साथ दिने मात्रै हैन उसका सीमानामा हाम्रा पुर्खा गोर्खा सेना छन् यु एन लगायत अन्य अन्तरराष्ट्रिय मन्चमा सधैं नेपालले समर्थन गर्दै आएको छ l झन लगभग असी नब्बे प्रतिशत सनातन हिन्दू धर्म मान्ने नेपालीहरु छन् l जे निर्णय आएपनि भारतमा अराजक स्थिति बन्छ त्यसबेला अहिले हिन्दू सरकार हूँ भन्ने मोदी सरकार, बिजेपी दलले नेपाल र नेपालीको मन, मस्तिस्क र मित्रतामा ठूलो आघात पारेको छ l यो त्रुटि हैन जानीजानी गरेको गम्भीर गल्ती हो, लापरवाही हो l प्रभू प्रबृत्ति l अँधियार र सँधियारलाई हेप्ने मुखिया चरित्र l यदि तत्कालै यो नक्सा कोर्ने र सीमा स्तम्भ सार्ने, कालापानी मात्रै हैन खोलापानी खोस्ने व्यवहार भारतले रोकेन वा गरेको गम्भीर भूल सच्याएन भने नेपालले दार्जिलिङ्, सिक्किम, कालिङ्पोङ, दोधारा, चांदनी माग्नेछ उसगँ र संयुक्त राष्ट्र संघ र अन्तरराष्ट्रिय समुदायसगँ । नेपालसगँ पनि यी स्थान हाम्रा हुन् भन्ने नक्सामा छ, गोर्खाली नसामा छ नेपाली नसामा l तिमीलाई नोकर बनाउने, तिमीलाई साम्राज्य गर्ने बेलायतले पनि पाऊ राख्न त परै जाओस्, आँखा लाउनसम्म सकेन उल्टै हाम्रो बहादुरीको कदर आदर गर्यो, गोर्खालीलाई भर्ति गर्यो l त्यो देखेर तिमीले पनि र ती आधाभन्दा भन्दा बढी तिम्रा गोर्खाली सेनाले यो र यस्ता तिम्रा कुरा र कर्मलाई नेपाललाई समर्थन गरे तिमीलाई साथ दिएनन् भने, तिम्रा आधा करोड गोर्खालीले तिम्रो बिरोध र नेपालको जयजयकार गरे भने र नेपालका हिमाल, पहाड र मधेस सबै नेपाली एकजुट भएर तिम्रो दुश्कार्य र दुस्साहसको विरोध गरे वा पुर्खाले बाध्यताबश वा विवश भै वा नियत वा नियतिले छोडेका अथवा तिमीले हडपेका जल थल मागे वा लिए अनि अन्य छिमेकीले त्यही गरे भने तिमी तत्कालीन सोभियत संघ बनौला ! मनन गर, चिन्तन गर र आत्ममुल्याङ्कन गरेर बारबार भूल नगर, गरेको त्रुटि तत्काल सच्याऊ । बिपीले नेहरूलाई यु एनमा भनेका थिए,"नेपाल भारत भन्दा सानो होला तर हामी भारतका भाई हैनौं । हामी साथी हौँ र समान हैसियतले यहाँ आएका हौँ र समान हैसियत र हक पनि l” त्यति सम्झेर असल, अवल र भव्य, सभ्य र सौहार्द साथीको सम्बन्ध राख नत्र पछि पछुतो मान्ने शिवाय सिर्फ ॐ नम: शिवाय भन्ने मात्रै बाँकी रहला l चेतावनी हैन चेतना भया | जय नेपाल! राम कुमार सुबेदी हाल अमेरिका (रामकुमार सुबेदीको फेसबुकबाट )

images
प्रकाशित मिति :कार्तिक २४, २०७६ आइतवार - ०८:३३:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend