Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

लता मंगेशकरको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

लता मंगेशकरको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

नेप्लिज डायस्पोरा

२५, कार्तिक २०७६
images
  मुम्बई । भारतीय गायिका लता मंगेशकरलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान २ बजे उनलाई श्वासप्रश्वासमा समस्या आएपछि मुम्बाईको ब्रिच क्यान्डी अस्पताल लगिएको हो । अवस्था केही जटिल भएपछि उनलाई आईसियूमा राखेको भए पनि अहिले उनको स्वास्थ्यमा सुधार देखिएको अस्पताल स्रोतले बताएको छ । भारतीय मिडियाका अनुसार उनमा छातीको इन्फेक्सन देखिएको छ । अहिलेकै गतिमा क्रमिक सुधार देखिए उनलाई दुई-तीन दिनमा घर पठाउन सकिने अस्पताल स्रोतले बताएको छ । भेट्रान गायिका मंगेशकरले हिन्दी भाषामा मात्रै हजार बढी गीतमा आफनो स्वर दिइसकेका छन् । उनलाई २००१ मा सर्वोच्च नागरिक सम्मान र भारत रत्नबाट पनि सम्मानित गरिसकेको छ । यो सँगै उनी अरु थुपै सम्मानबाट पनि सम्मानित भइसकेका छन्

images
प्रकाशित मिति :कार्तिक २५, २०७६ सोमवार - २२:०९:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend