Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

घामको अहङ्कार

घामको अहङ्कार

नेप्लिज डायस्पोरा

१, मंसिर २०७६
images
  - निरूबिन्दु परियार सधै छेक्ने गर्छ एउटा क्रुर हत्केलाले स्वर्णिम आकाश अनि लुट्ने गर्दछ केही उज्यालोहरू किन देख्न नसकेका होला अरूको आङ्गमा परेका किरणका छिटाहरू हिँड्ने बाटोमा उभ्याउँछ अग्लो पर्खाल षडयन्त्रहरूको, अत: धमिल्याउँछ जीवन पोखरी पैतलाले मिच्छ कलिला उत्सुकताहरू दोबाटोमा राखेर संघर्ष के हो ? थाह छ उसलाई बलिदान के हो ? राम्ररी बुझेको छ उसले फेरी कपटीपना किन ??? छ्यापछ्याप्ति हिँड्छन् द्रोणाचार्य एक्लव्यहरूका बुढी औंला खोस्न ऐ बहु चरित्रवान् ! उतार ती मखुण्डो अनि देखाऊ तिम्रा वास्तविक अनुहार दर्शक सामू जुन् अनुहारमा छल - कपट र धमण्डका पोतोहरू छोपेको छ कृतिम मेकअपले ।। - जल्ढक्का कालेबुङ्ग । (निरूबिन्दु परियारको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :मंसिर १, २०७६ आइतवार - ०७:५७:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend