१, मंसिर २०७६
मेरो देश लुटिँदैछ
कोपरिँदैछ ,
गिद्दे नजर लगाउँदैछ्न्
चोक्टा चोक्टा त पारिसकेका थिए ,
अहिले पराइले सम्म लुट्न थाले ।
आज धर्ती माता
प्राणभन्दा प्यारो देश
परिबन्धनमा पारिँदैछ
लुटिँदैछ चारैतिरबाट
खोक्रो पारिँदैछ भित्रैबाट ,
हामी राष्ट्रभक्त जनता
टुलुटुलु हेरिँदैछ ।
हिजो महाकाली गुमाइयो
कर्णाली गुमाइयो
सुस्ता मिचियो ,
टनकपुर मिचियो ,
आज कालापानी गुम्दैछ
वीर पुर्खाले खुकुरीको धारबाट
युद्ध गरी बचाएको नालापानी गुम्दैछ
भोलि जनकपुर गुम्नेछ
सगरमाथा गुम्नेछ ,
लुम्बिनी गुम्नेछ ,
यसैगरी सारा देश गुम्नेछ ।
खै कहाँ छ सरकार
कता छ प्रतिपक्षी ,
विश्वविद्यालको नाउँमा
राजनीति गर्ने संगठन कता छन् ?
गाउँ-गाउँमा लुटतन्त्र मच्याउने,
भातृ संगठन कता गए ?
पेट्रोलको भाउ बढेको देख्छ्न,
देख्दैनन् चामलको मूल्य बढेको ,
ठेक्कापट्टामा घाटा नोक्सान देख्छन्
देख्दैनन देशको सीमा मिचिएको
आफैभित्र मिलेर भष्म पार्दैछन् देश
रित्याउँदैछ् नेपालीको अस्तित्व ,
सकिँदैछ बुद्धको देश ।
आऊ युवा हो जुटौं सबै
मिलेर लडौं दुश्मन विरुद्ध ,
बचाउनुछ पुर्खाले दिएको सम्पत्ति
कालापानी हाम्रै हो
नालापानी, टनकपुर
लिप्पुलेक लुम्बिनी हाम्रै हो ।
आऊ सार नेपाली जुटौं
अन्तिम लडाइँ गर्नुछ
देश बचाउनुछ ।
देश बचाउनु छ ।
- इस्मा गाउँपालिका -६
अमरपुर (गुल्मी )
हाल : काठमाण्डौं
(कमल डिभोर्स पराजुलीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :मंसिर १, २०७६ आइतवार -
०८:०३:२९ बजे