Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

म वीर नेपाली(कविता) -लाेकविक्रम मल्ल

म वीर नेपाली(कविता) -लाेकविक्रम मल्ल

नेप्लिज डायस्पोरा

१, मंसिर २०७६
images
  (छन्द : पञ्चचामर ) हिमाल शैल टाेपि याे समान सान मान हाे निधार लाल रङ्ग याे निसान सान मान हाे बनेर देश शान्त याे भएर सान मान हाे लडेर वीर जाे जित्यो जितेर सान मान हाे भएर एक लाै भिडाैँ सबै जवान वीर हाे हडप्न भूमि देशको छिमेक एकझैँ भयो बचाउ भूमि देशको मधेसको हिमालको उठाैँ लडाैँ सबैजना मिलेर एक साथकाे पहाड माथि शैलमा मुनाल शुद्ध नाच्दछ मधेस सम्म फाँटमा मयूर ,हाँस नाच्दछ म नाच्छु राष्ट्र गीतमा जितेर युद्ध जीतमा म वीर वीर वीर हाे तमाम युद्ध युद्धमा म नास गर्छु सत्रुकाे विनाश गर्छु शत्रुको गला म रेट्छु शत्रुको सखाफ गर्छु शत्रुको फुकूँ म जोड शंख त्यो गरेर घाेष युद्धको तयार मर्न सानले र मृत्यु देशभक्तकाे - अजयमेरु - ३ डडेल्धुरा । (लाेकविक्रम मल्लको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :मंसिर १, २०७६ आइतवार - ०८:०७:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend