२, मंसिर २०७६
नेपालबाट फर्किएको धेरै दिन भएको छैन । नेपालमा हुदा खासै म्यासेन्जरमा आएका म्यासेजहरु प्राथमिकतामा परेनन् । यता आइसकेपछि भित्रि र बाहिरि गरि सबै म्यासेजहरु एक-एक हेर्दै गए रिप्लाई दिदै गए ।
फेसबुकको भित्रि पट्टि एउटा म्यासेज लुकेर बसेको
रहेछ ।
(एक महिलाको म्यासेज थियो नेपालबाट )
महिला : सर नमस्ते !
हजुर पोर्चुगल हो ?
म : म पोर्चुगल होइन बसाइँ चै पोर्चुगलमा हो हजुर ।
(अनलाइन नै भएर होला उता बाट जवाफ तुरुन्तै आयो )
महिला : ए ए ! सर सगँ समय छ,भने कुरा गरु कि भनेर ।
म : भन्नुस न फुर्सद नै हो भन्दा पनि हुन्छ ।
( मनमनमा म -अब यिनले पनि पोर्चुगल कसरी आउने कति लाग्छ एजेन्ट बताइदिनु न भन्ने होला ?)
महिला : सुन्नुस न हजुरले फलानालाई चिन्नुहुन्छ ?
(साथमा एउटा तस्बिर आउँछ )ग्यालरीमा नपठाउदै तस्बिर चैट !
म : ब्यक्तिगत परिचय त छैन तर चिन्न चै चिन्छु होला । भन्नुस न के भयो र ?
महिला : सर उहाँ मेरो बुढा हो, उहासंग सम्पर्क गराउन सक्नुहुन्छ ?
म : लौ तपाइको बुढा तपाईसंग सम्पर्क नभएर मसंग हुन्छ त ? तपाई पनि अचम्मको कुरा गर्नुहुन्छ !
महिला : होइन सर उहासंग मेरो सम्पर्क नभएको करिब ४ वर्ष भैसक्यो | त्यसैले त सरसंग सहयोग मागेको नि !
म : ए ए ! तैपनि मैले अघिनै तपाइलाई भनिसकेको छु , उहासंग मेरो व्यक्तिगत परिचय छैन ।
केहि खबर कतै बाट भयो भने अवस्य पनि जानकारी गराउछु ।
(उताबाट लगातार टाइपिङ्ग संकेत आइरहन्छ................)
महिला : सर म तपाइलाई म्यासेन्जरमा कल गरौ ? यदि मिल्छ भने ।
म : अहिले म बाहिर छु बाटोमा मिलेसम्म केहिदिनमा कुरा गरौला ।
महिला : हुन्छ सर ।
खासमा कुरा के भने नि मेरो र उहाको एउटा ७ बर्षे छोरी छ । नेपालबाट गएपछि पनि केहि समय राम्रै
थियो त्यसपछि सम्पर्क टुट्दै गयो , साथ छुट्दै गयो |
म : (लेख्दै मेट्दै ) मैले सकेको प्रयास गर्छु , मेरो अलिकति काम पर्यो पछि कुरा गर्छु है ।
त्यसपछि म मा ति महिलासंग फेरी कुरा गर्ने शाहस जुटेन । खबर दिन्छु भनेर दिएको बचन मैले लुकाएर राखे ।
किनभने कुरा के हो त भनेर बुझ्दै जादा जुन तथ्य थाहा भयो( उनका पति बिगत ४ बर्ष देखि एकजना नेपाली महिलासंग नै यहाँ लिभिङ्गमा बस्दा रहेछन , जब अर्की महिला भेटे उनले घरकी लाइ भुल्दै गए ,दायित्व भुले , म छोरीको बाउ हो भन्ने कुरा भुले भनौ ल वा भुले झैँ गरे ) त्यो ति महिलाको लागि जिन्दगीको सबैभन्दा दुखद खबर हुन सक्छ ।
यसो सोचे कहिलेकाही अन्यौलताले कसैको जिबन बचाउछ भने बचाओस न त । मैले किन साचो खोल्नु पर्यो ।
के नेपाली समाज पोर्तुगलमा यस्ता घटनाहरु नौला हुन त ?
पक्कै पनि होइनन , यहाँ करिबन् ६० प्रतिशत नेपालीहरुका यस्तै सम्बन्ध छ्न , धेरै केहि नभनौ सामाजिक सस्थामा रहेर समाजको नेतृत्व गर्ने महरा पात्रहरुको पोर्तुगलमा कमि छैन ।
मैले चिनेका एकजना दाइ छन् ,उनि अहिले बेरोजगार भत्ता खाइरहेका छन्,भाउजु पनि संगै छिन पोहोर पो हो क्यारे भाउजु आएको भाउजु काममा जान्छिंन दाइ दिनहु मित बहिनि भेट्न जान्छन , मित को हुन कोहि जान्दैनन् तर मित बहिनीको सम्बन्ध धेरैले जान्दछन, तर कोहि बोल्दैनन।
गैर आवासीय नेपाली संघका कतिपय निवर्तमान पधादिकारिहरुको रासलीला पनि सम्झिसक्नु छैन ।
तर सबै अनदेखा गर्छन । कसैलाई याद नै छैन, सबैका आखामा कालो चस्मा छ ,
जसले बाटो र मोबाइल मात्रै देखाउछ समाज र बिकृति देखाउदैन ।
६ महिने नेपाल बसाइमा आखाले निकै धुलो खाएछ क्यारे ! धमिलिएको छ , जब दृस्टी धमिलो हुन्छ दृष्य पनि पक्कै अस्पस्ट हुन्छ , मैले पनि धमिलिएको दृष्य देखिरहन्छु आजभोलि जुन आफैमा अस्पष्ट छ । अस्पष्ट कुरामा म खासै बोल्दिन ।
र अन्त्यमा, माफी चाहे ।
उ संग जसको कारणले यति लेखियो,
म उनलाई कुनै सहयोग गर्न सक्दिन त्यसैले इग्नोर गरेको छु |
आशा छ ,
उहासंग यो खबर पुग्ने छैन ,पति अर्कै पर स्त्रीगमनमा रमिरहेको छ ।
त्यो सात बर्षे छोरी सम्म पनि यो खबर पुग्ने छैन कि अब तिम्रो बाउ तिम्रो जीवन को छानो बन्ने छैन ।
यो समाज अन्धो छ ,बहिरो छ र छ लाटो पनि ।
प्रकाशित मिति :मंसिर २, २०७६ सोमवार -
२१:०८:५३ बजे