Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

ए मेरो हजुर–४ मा फेरि अनमोल र सुहाना

ए मेरो हजुर–४ मा फेरि अनमोल र सुहाना

नेप्लिज डायस्पोरा

५, मंसिर २०७६
images
  नायक अनमोल केसीले समय दिने भएपछि ए मेरो हजुरको सिरिज ए मेरो हजुर– ४ पनि निर्माण हुने भएको छ। गत वर्ष रिलिजमा आएको ए मेरो हजुर–३ मन पराइएपछि निर्माता दम्पती सुनिलकुमार थापा र झरना थापाले ए मेरो हजुर–४ निर्माण गर्न लागेका हुन्। ए मेरो हजुर– ४ मा पनि अनमोल केसीको जोडीका रुपमा नायिका सुहाना थापाले अभिनय गर्ने भएकी छिन्। फिल्ममा हालसम्म अनमोल केसी र सुहाना थापा मात्र अनुबन्धित भएका छन्। निर्माता सुनिलकुमार थापाका अनुसार अब संगीत सिर्जना, बाँकी कलाकार र प्राविधिक चयनलगायतको कार्यमा निर्माण पक्ष जुट्नेछ। चलचित्रको छायांकन आगामी २० माघबाट शुरु हुनेछ। यो फिल्मको छायांकन नेपालसँगै हल्यान्ड र ओमनमा गरिने निर्देशक झरना थापाले जानकारी गराएकी छिन्। गत चैत २९ मा रिलिज भएको अनमोल केसी र सुहाना थापा अभिनित ए मेरो हजुर–३ ले राम्रो व्यापार गरेपछि अनमोल ए मेरो हजुर–४ मा खेल्न तयार भएका हुन्। हाल यो फिल्मको स्क्रिप्ट लेखन कार्य भइरहेको छ।

images
प्रकाशित मिति :मंसिर ५, २०७६ बिहिवार - १८:३६:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend