Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकामा क्रेडिट कार्ड प्रयोग गर्दा होस् पुर्याउनुहोस - सानुबाबु सिलवाल

अमेरिकामा क्रेडिट कार्ड प्रयोग गर्दा होस् पुर्याउनुहोस - सानुबाबु सिलवाल

सतीश चापागाईं

१०, भाद्र २०७५
images
अमेरिकामा होस गर्नुहोला क्रेडिट कार्डले तपाइको उठिबास मात्रै लगाउदैन कि यसलाइ बुद्दिमानि पुर्बक चलाउनु भएन भने तपाइको क्रेडिट र आर्थिक अबस्था डामाडोल बनाइदिन्छ।   धेरै क्रेडिट कार्ड प्रयोग गरे नेपालि समाजमा बरिस्ठ वा उच्च ठहरिन्छु भन्ने भ्रम नपाल्नुहोला। यसको समुचित र आबस्यक रुपमा मात्रै चलाउन नजान्दा ठुलो आर्थिक र मानसिक क्षति ब्यहोर्नु पर्ने हुन्छ।     पहिले पहिले र अहिले पनि यदाकदा रुपमा नेपालमा गरिब र सापटि लिने मानिसहरुलाइ ढ्याके र चोकेको दरमा शोषकहरुले गरिबका झिटिझाम्टा बनाइदिन्थे र बनाइरहेका पनि छन। अमेरिकामा पनि त्यस्तै हालत क्रेडिट कार्ड कम्पनि र बैकहरुले बनाइरहेका छन्। त्यसैले गर्दा झन्डै १७ मिलियन अमेरिकन हरुको बैक खाता नै छैन हालसम्म जहा अधिकाम्स आर्थिक कारोबार बैकबाटै हुने गर्छ र झन्डै ११ मिलियन अमेरिकन सङ्ग क्रेडिट कार्ड नै छैन्।     बार्षिक ब्याज दरभाउ को निश्चितता र पक्कापक्कि नगरेका, समयमा क्रेडिट कार्डको बिल नतिर्दा, मासिक क्रेडिट कार्डको फेहतरिस्तको बेवास्ता गर्दा, बार्षिक ब्याज दरको निशुल्क समयमा सावा र ब्याज चुक्ता नगर्दा, स साना अक्षरमा लेखिएका शर्तनामा नबुझ्दा र नपढता, क्रेडिट कार्डबाट अनाबश्यक सामानहरु खरिद गर्ने बानि हटाउन नसक्दा, क्रेडिट कार्ड भएकाले पछि तिर्ने हो भनेर आखा चिम्लेर दिएको रकमको सिमा नाघ्दा, झोकको सुरमा समय नपुग्दै क्रेडिट कार्ड त्याग्दा,सपिङ केन्द्र वा ठुला ठुला महलहरुमा गएर तिनिहरुको क्रेडिट कार्डको अफरलाइ "नो" भन्न नसक्दा र सहुलिएतको लोभमा अनाबस्यक क्रेडिट कार्ड लिदा बर्बाद हुनसक्नुहुनेछ। क्रेडिट बढ्छ भन्ने भ्रममा माथिका उल्लेखित गल्ति गर्नु भयो भने तपाइ डुब्न सक्नु हुनेछ्।   डेबिट कार्ड प्रयोग गर्नुहोला। घाटि हेरि हाड निल्ने बानि बसालौ र सकेसम्म १ वोटा मात्रै क्रेडिट कार्ड प्रयोग गर्नुहोस र होसियारिपुर्बक आर्थिक अनुशासन कायम गरि आर्थिक स्वतन्त्रता तर्फ लम्कनुहोला। (अमेरिकी जनजीवनका बारेमा छोटा र काम लाग्ने बिषय लेख्ने सिलवाल एक सफल ब्यबसायी पनि हुन् ।-सम्पादक )

images
प्रकाशित मिति :भाद्र १०, २०७५ आइतवार - ०८:३५:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend