सिड्नी– श्रीमान श्रीमतीबीचको झगडाले उग्ररुप लिँदा अस्ट्रेलियाको सिड्नीमा एक जनाको मृत्यु भएको छ ।नेपाली दम्पत्तीबीचको पारिवारिक विवादका क्रममा बुटवलका सन्तोष गौतमको हत्या भएको हो ।
हत्यामा संलग्न रहेको आरोपमा उनकै श्रीमती ३४ वर्षकी निमा गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरु सिड्नीस्थित ग्रानभिलमा बस्दै आएका थिए । केहिसमय अघिदेखि पारिवारिक रुपमा खटपटमा रहेका उनीहरुबीच परिस्थिति बिग्रँदै जाँदा हात हालाहालको स्थिति भएको थियो ।
बाँकी समाचार