Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

लालबाबुहरू निदाएकै हुन् - नगेन्द्रराज पौडेल

लालबाबुहरू निदाएकै हुन् - नगेन्द्रराज पौडेल

नेप्लिज डायस्पोरा

९, मंसिर २०७६
images
  प्रधानमन्त्री केपी शर्मा ओलीले २१ महिनाअघि आफैंले गठन गरेको मन्त्रिमण्डलमा फेरबदल गरेका छन्। नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीलाई यसरी मन्त्रिमण्डल गठन गर्ने, पुनर्गठन गर्ने अधिकार सुरक्षित छ। विगत २०७४ साल फागुन ३ गते गठित मन्त्रिमण्डलमा गत मंसिर ४ गते हेरफेर गरिँदा केही यथावत्, केहीको जिम्मेवारी परिवर्तन र केहीलाई उनले बिदाइ गरेका छन्। यसरी बिदाइ हुनेहरूमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि परेका छन्। मन्त्रिमण्डल हेरफेरको लगत्तै उनले सामाजिक सञ्जालमा आफू निदाएको बेला हटेको व्यंग्यात्मक प्रतिक्रिया दिएको कुरा बाहिर आएको छ। यसो त उनले नरम भाषामा यो कुरा संसदीय व्यवस्थामा प्रधानमन्त्रीको इच्छा र चाहनामा भर पर्ने समेत बताएर अर्कोपटकका लागि मन्त्री हुने बाटो बन्द गरेका छैनन्। प्रभु साहको जस्तो खरो प्रतिक्रिया उनीबाट आएको पनि छैन। बाँकी समाचार

images
प्रकाशित मिति :मंसिर ९, २०७६ सोमवार - १२:५५:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend