राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको बद्री पँगेनीको कर्यकाल केहि कुराहरू बाहेक सफल रह्यो । अबको रमेश बिजीको नेतृत्वको कर्यकाल पनि उत्कृष्ट रहने कुरामा बिश्वस्त छु। बिष्नु खत्री पनि नेतृत्वको लागी सक्षम र योग्य ब्यक्ति हुन । तथापि २ जना सबल ब्यक्तिगरू मैदानमा आएपछि एकजना हार्नै पर्थ्यो, आगामी दिनमा बिष्णु खत्रीको आबश्यक्ता लाई पनि महशुस गर्दै प्रतिष्ठानले उचित र सम्मानजनक स्थान दिनेछ भन्ने कुराम आशाबादी छु।
अर्को कुरा सयौँ सक्षम ब्यक्ति हुँदाहुँदै ज़िम्मेवार पदमा एउटै ब्यक्ति पटक पटक दोहोरिएर बस्दा आम समुदायमा कस्तो नजिर बस्ला भन्ने कुरा यहाँहरू जस्तो बिद्वानले बुझ्नु पर्ने कुरा हैन र?
शिरीष देबकोटा बैकुण्ठ महंत जस्ता कैयौँ कलाकारहरू अनेक तिकडम गरेर पाखा पार्नु ले समाजमा कस्तो सन्देश जाला?
साँच्चै प्रतिष्ठान प्रति मयाँ र सम्मान छ भने यसपटक सुवास जी ले महासचिब पद बैकुण्ठ या शिरीषलाई छोड्न सक्नु पर्थ्यो ।बिगतमा सक्षम ब्यक्ति हुँदाहुहै एउटै ब्यक्तिले पटक पटक पदलोलुपता देखाउँदा राम्रा र सक्षम कलाकारहरूलाई ऐले सम्म असर परिरहेको कुरा जगजाहेर हुँदाहुदै। प्रतिष्ठान ले ईतिहासमा गरेको गल्ति फेरी दोहोर्याउने दुस्साहस गर्यो। यसरी पटक पटक नेतृत्व दोहोर्याउनुमा केहि ब्यक्तिहरूको ब्यक्तिगत स्वार्थ बाहेक केहि छ?? को सँग छ यसको जवाफ ?
भोली कसैले कलाकारितामा दिएको योगदानको बारेमा प्रश्न गर्दा यसरी पद दोहोर्याउनेहरू को उत्तर के होला?
यो काम गरेँ उ काम गरेँ हैन कलाकारितामा यति योगदान छ भन्ने जवाफ दिन सक्नु पर्छ किनकि यो “राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान हो।
साथिहरूसँग भेट हुँदा सबैले भित्र भित्र कानेखुसी गरेको धेरै सुने तर बाहिर बोल्ने साहस् कसैले गरेको छैन ।
मैले यति लेख्दै गर्दा सम्बन्धित साथिहरू पक्कै पनि रिसले आगो बन्नुहोला तर कुल भएर सोँच्नुस् यति धेरै कलाकारहरूको बिचमा हामीले यसो गर्नु ठिक थियो कि थिएन भनेर।
र एक पटकअध्यक्ष पद सम्हालीसकेपछि जो सुकैले पनि अबिभाबकको भूमिकामा रहनु उत्तम होला कुनै न कुनै रूपमा भित्रै बसेर प्रतिष्ठानलाई आफ्नो ईशारामा चलाउने प्रयास कसैबाट नहोस भन्ने मेरो बिनम्र अनुरोध छ।
भगवान भण्डारीको फेसबुकबाट