Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

घाउ (कविता) -द्वारिका छेत्री

घाउ (कविता) -द्वारिका छेत्री

नेप्लिज डायस्पोरा

१२, मंसिर २०७६
images
  यस्तै हुन्छ हरेक बर्ष मई महिनको पहिलो तारिख सान्त्वनाको लेप घसेर छोडेको चिया कमानको गाडे घाउ असार, श्रावण र भदौको झरिले अालो बनाउँछ फेरि र बेस्सरी दुखाउँछ श्रमिकको मुटुमा। प्रत्येक बर्षको असोज महिनमा यसरी नै अाउँछ अभावहरू, श्रमिकको घरमा चाड मनाउनु र झनै दुखाउँछ ती हिमायती हातहरूले आश्वासनको तेल घसेको त्यो गाडे घाउमा अझ उकुच पल्टाउँछ खै! बिसेक हुने छाँटकाँट देखिन्दैन त हौ साहेब! तिम्रो चिया कमानको घाउ ? हो, अभावले श्रमिक नमर्ला, नि:सन्देह तर, पसिनाको अभावले श्रमिक बिना अवश्यै मर्ने छन् तिम्रो चियाको बुट्टा सुन्यौं साहेब ? चुहुने छानो टाल्ने क्षमता त छ श्रमिकसित तर, खडेरीको मार झेल्ने क्षमता छ के त तिम्रो चियाबारीको हौ साहेब ? श्रमिकले त अभाव टाल्न अाफ्नो पसिना बेच्छन् नपुगे थोक-वस्तु बेच्लान् तर,,,,, तिम्रो स्वार्थ पुर्नु तिमीले के बेच्छौ ? उकास्ने बेला यही हो हौ साहेब ? तिम्रो ईमान ।।।।।।। जो बर्षौंदेखि बन्धकीमा छ श्रमिकको हातमा ! - खर्साङ्ग, भारत । (द्वारिका छेत्रीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :मंसिर १२, २०७६ बिहिवार - ११:५५:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend