Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

निर्मला अनि निर्मलाहरुमा समर्पित (कविता) -सिर्जना थापा

निर्मला अनि निर्मलाहरुमा समर्पित (कविता) -सिर्जना थापा

सतीश चापागाईं

१०, भाद्र २०७५
images
हे छोरीहरु हो हेर ! आकाश कति चिन्तित छ, तिम्रो शरीरको लुगा, कसैले च्यातिदिएको, टुलुटुलु हेरिरहेको छ ऊ ! आकाश रोएको छ ! उसले तिम्रो नाङ्गो शरीर छोपिदिन सकेको छैन !!   हे मुटुका टुक्राहरू हो हेर आज सुर्य कति मलिन छ ! तिम्रो तातो खुन चुसेर, तिमीलाई बगरमा फालिदिंदा पनि आफ्नो रापले ति राक्षसलाई डाम्न सकेको छैन !!   हे मगमगाऊँदा फूलहरु हो हेर आज कति उजाड छ तिम्रा जन्मदाताको काख, कति सुनसान छ तिमी खेल्ने आँगन, आँशु नथामीएका आँखाहरु तिम्रो बाटो हेर्न छाडेका छैनन् ! सन्नाटा छाएका काला रातहरु वेहिसाब छन् !!   हे मेरा बस्तीका खुशीहरु हो हेर कति निरिह छ यो राज्य, कानूनको राज चल्दैन ! सुन्निन्छ केवल शक्तिशाली सिंहका छल र हुंकार मात्र !!   हे छोरीहरु हो , ननिस्क तिमि घर देखि बाहिर नहेर झ्यालबाटै पनि ! नगर विश्वाश पराईको नपर भर आफ़्नैको पनि !! पापी बन्दैछ मान्छे अपराधी भेटिन्छ पाइला-पाइलामा !! मानवरुपी त्यो दानव काखे नानी भन्दैन ! हुर्केकी तिमीलाई कसैको इज्जत हुन् भन्दैन !! त्यो मात्रै कहाँ , डाँडा काट्न लागेकी आमै पनि भन्दैन !!!     त्यसैले हे छोरीहरु हो एकछिन आँखा नचिम्ल पत्तो हुने छैन , कुनबेला पासो थाप्ने छ शिकारीले? तिमीलाई एउटी आमाको पुकार छ तिमी हरघडी चनाखो बन , अहँ , कसैको भर नपर !!

images
प्रकाशित मिति :भाद्र १०, २०७५ आइतवार - ०९:३६:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend