Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मन (कविता) - सिसा चौधरी

मन (कविता) - सिसा चौधरी

नेप्लिज डायस्पोरा

१५, मंसिर २०७६
images
आज भोली म, साह्रै कल्पनामा डुब्ने गरेकी छु लाग्छ... म, म नै छैन म नै हैन जस्तो उसोभए को हो त ? आफैलाई प्रश्न गरें र आफैं निरुत्तर भएँ रातभर निँद पटक्कै हुन्न न दिनभर काममा मन लाग्छ आफूलाई खोजिरहन्छु आफैंभित्र मनमा अनेक अनेक कौतुहलता जाग्छ ! खै के भनौं शुरूवाती प्रेममा परेकी प्रेमीका झैँ मनमा मीठो भान हुन्छ काउकुती लाग्छ कुनै बेला र मुसुक्क हाँस्छु एक्लै पनि फेरि आफूदेखि आफैलाई लाज लाग्छ यो म के सोचीरहेकीछु, छि: छि: भन्न मन लाग्छ, तर फेरि उही रंगिन दुनियाँमा हराउन मन लाग्छ कल्पनामा चाहार्न मन लाग्छ अनि फेरी मन लाग्छ सम्झनलाई आफैंलाई विस्मृत भइ सकेको त्यो यौवनको पाना पल्टाउँदै ! आहा ! तलाउमा फुली रहेको त्यो कमल फूल देखेर खुसी हुन्छु, वाह !! जिन्दगी भन्न मन लाग्छ। कल्पनाको गहिराइ भित्र म आफैलाई राखी कमलसँग दाँजेर आफू भित्र-भित्रै हराइरहेकी हुन्छु कति समानता छ कमल अनि ममा हिलोमा जन्मिएर पनि सबैको प्यारो भएको छ ! फेरि यो कल्पनाको राजकुमार चुन्छु उसैको अँगालोमा हुन्छु हराउँछु झगडा गर्छु, अनि कल्पनाको दुनियाँमा एक सुनौलो घर बनाउँदै जीवन अर्पित गर्छु, अनि अकस्मात कसैले बोलाएर झस्किन्छु मेरो कल्पनाको संसार भताभुङ्ग हुन्छ एक्कैछिनमा तुवाँलो लाग्छ, विवश भएर उहीँ नौटङ्की दुनियाँमा समयको परिबन्दमा परि आफैंलाई हारिरहेको हुन्छु, सारिरहेको हुन्छु, मारिरहेको हुन्छु, अनि बाँच्नको लागि स्वार्थी दुनियाँसँग संघर्ष गरिरहेकी हुन्छु । - धुलाबारी, झापा । (सिसा चौधरीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :मंसिर १५, २०७६ आइतवार - २२:४५:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend