Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मुक्तककार रमेश आचार्यका ५ चोटिला मुक्तकहरू

मुक्तककार रमेश आचार्यका ५ चोटिला मुक्तकहरू

नेप्लिज डायस्पोरा

१५, मंसिर २०७६
images
  मुक्तक - १ - बुवाको मृत्यु आमाको सिन्दुर चुरा फुटेको छ कस्ले भन्छ अझै सेतो पहिरन छुटेको छ महिला हिंसा अन्त्य गरौं भन्दै हिँड्छ समाज 'बोक्सी' भनी आज फेरि नारी कुटेको छ । मुक्तक - २ महङ्गी गरिबी भएरै तड्पिन परदेश आएको हुँ चलाउन गुजारा पठाई दिन परदेश आएको हुँ धन कमाई बाँचे भने छिट्टै घर फर्किन्छु आमा म त हिरा छोडी चाँदी लिन परदेश आएको हुँ । मुक्तक - ३ महिना दिन बार गनी छुट्याई दिन्छ्न् किन यहाँ गरिब धनी छुट्याई दिन्छ्न् नारीको कोखबाट जन्मिएका सन्तानले गर्भमै छोरा छोरी भनी छुट्याई दिन्छ्न् । मुक्तक - ४ मान्छेको नि हजारथरी रुप हुँदोरहेछ यो दुनियाँमा खान पाउँदा चुप हुँदोरहेछ मन्दिरमा जति फुूलपाती चढाए नि आखिर भगवानलाई प्रसन्न पार्ने धुप हुँदोरहेछ । मुक्तक - ५ कसम नेपाल आमा केही गरेर मर्नुछ यो देशकै लागि सागर तरेर मर्नुछ गिद्दे नजर लगाउँदै छ्न् यो पूण्यभूमीमा एक पटक देशद्रोहीसँग लडेर मर्नुछ । लम्की चुहा न.पा -७, कैलाली (रमेश आचार्यका यी मुक्तकहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :मंसिर १५, २०७६ आइतवार - २३:०७:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend