Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

छिमेकी घात गर्दछ (कविता) - टंक पन्थ

छिमेकी घात गर्दछ (कविता) - टंक पन्थ

नेप्लिज डायस्पोरा

१५, मंसिर २०७६
images
  अस्मिता झुक्छ यो हाम्रो निम्छरो बन्नु हुन्न है पुर्खाका अात्म ती रुन्छन् लर्तराे बन्नु हुन्न है । छिमेकी मत्त त्यो साँढे अर्घेलाे मात्र साेंच्दछ बिस्तारै बाघपञ्जामा पारेरै डस्न खाेज्दछ । हामी छाैँ स्वार्थका भाेका बाेका झैँ बिक्दछाैँ त्यता अात्मनिर्भरकाे बाटो लिएनाैँ कहिले यता । हरियो घाँसमा बिक्छन् राष्ट्रका सारथी यहाँ मिचाहा नत्र त्यो साँढे सिउरी खेल्दथ्याे कहाँ ? कालापानी र सुस्ता त्यो सुस्तरी मिचिँदै गयो कुर्ले भाषणमा नेता सत्ताको अस्त्र नै भयो । नेपाली शान यो झुक्छ लज्जाबाेध भयो भने अामाका अश्रु वर्षिन्छन् राष्ट्र यो लत्रियाे भने । नेपाली एक भै जुट्दा अामाकाे माथ उठ्दछ नजुटे देशमा पस्छ शत्रु गँवार लुट्दछ । सिमाना मिच्छ त्यो धूर्त लिपुलेक लुटिलयाे धुरा त्यो लिम्पिया हाम्रो नक्सामै लुटिई गयो । कानमा तेल हालेर सर्कार बस्नु हुन्न है स्वाधीन राष्ट्रकाे अास्था माटामा मिल्नु हुन्न है । नेतामा वृद्धि हाेस् ऊर्जा जन्ताकाे भावनासँग डटेरै सामना गर्ने शङ्खनाद गराैँ अब । लाेभी त्यो चित्तमा व्यर्थै स्वार्थको मात चढ्दछ किस्ता किस्ता सताएर छिमेकी घात गर्दछ ।। - तानसेन, पाल्पा । (टंक पन्थको यो (कविता) साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :मंसिर १५, २०७६ आइतवार - २३:१०:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend