Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

गजल - प्रकाश पाठक "योगी"

गजल - प्रकाश पाठक "योगी"

नेप्लिज डायस्पोरा

१८, मंसिर २०७६
images
  साँझको ज्योती तिमीले जगाई बस्नु म आउँछु लाली पाउडर लगाई बस्नू । बर्षौपछि मिलन हुँदैछ पियारी हाम्रो मनका दु:ख पीरलाई भगाई बस्नू । कुरा काट्छन् त्यो घर त यस्तो उस्तो ऋण काढेर नि दशैंमा घर रंगाई बस्नू । थाहै छ मेरो हल्का पिउने छ बानी ठूलीको भट्टीबाट सुरा मगाई बस्नू । समयले साथ छोड्दा क्षणिक दूर छु भन्दिनँ मेरो यादमा आँसु बगाई बस्नू । - भरतपुर -२३ जगतपुर चितवन, नेपाल हाल : दोहा कतार   ( प्रकाश पाठक "योगी" को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :मंसिर १८, २०७६ बुधवार - १९:२७:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend