Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बिमल खतिवडा माइला (५ मुक्तकहरू)

बिमल खतिवडा माइला (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

१८, मंसिर २०७६
images
  मुक्तक -१ सकेसम्म मलाई तिम्रो हात दिनु मन बिरक्त हुँदा मिठो बात दिनु तिमी नै त हौ मेरी मनकी रानी मरुन्जेलसम्म नै पिरतीको मात दिनु । मुक्तक -२ मान्छे आफ्नै गलत सोंचको शिकार भयो अरुको निन्दा गरेर नै यो जुनी बेकार भयो भगवानले त आफ्नै रुपमा रचना गर्या हो नि तर व्यवहार दानवको गरेर नै धिक्कार भयो । मुक्तक -३ कुन मोहनी बोकेर हिँड़्छ्यौ त्यो छड़्के नजरमा ? कुन नशा बोकेर हिँड़्छ्यौ त्यो गुलाबी अधरमा ? तिमीसँग आँखा जुझेदेखी मनको चैन हराएको छ कुन मोहनी लिएर हिँड्छ्यौ त्यो लचिलो कम्मरमा ? मुक्तक -४ मनमा जति नै दु:ख भए नि हाँस्न जान्याछु साना-ठूला सबैसँग माया गाँस्न जान्याछु एकबारको जुनीमा मरेर लानु के पो छ र ? हाँसी-बोली पिड़ाहरू सहजै मास्न जान्याछु । मुक्तक -५ ऊ त मसँगै मात्र माया लगाउँछु भन्थी जीवनका सपना मसँगै सजाउँछु भन्थी तर खै कुन पापीको नजर लागेछ यस्तो नत्र ऊ त मसँगै पो जीवन बिताउँछु भन्थी । - सिलगढी, भारत । (बिमल खतिवडा माइला का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :मंसिर १८, २०७६ बुधवार - २१:२८:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend