Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

यथार्थ हरातलमा कोरिएका कवयित्री विन्दुका कविता संग्रह ‘विन्दुहरू’

यथार्थ हरातलमा कोरिएका कवयित्री विन्दुका कविता संग्रह ‘विन्दुहरू’

नेप्लिज डायस्पोरा

२२, मंसिर २०७६
images
  सुरेश कोइराला कवयित्री विन्दु अधिकारी ढकालको कविता संग्रह ‘विन्दुहरू’ प्रकाशनमा आएको छ । कवयित्रीको पहिलो संस्करणको रुपमा आएको यो कविता संग्रहमा यथार्थ धरातलको अन्तस्करणमा उभिएर नेपाली घर आँगन, समाज, धर्म संस्कृति र प्रकृतिको चित्रण गरिएको छ । कविताका विषय वस्तुमा आफ्नै जीवन र जगतबाट टिपिएको छन् । पहाडी झरनाबाट बगेको स्वच्छ जलजस्तै निष्कलङ्क र निर्दोष लाग्छन्, कवयित्रीका सिर्जनाहरू । बाबुको संघर्षमय जीवन र उनले हासिल गरेका उपलब्धीलाई कवयित्रीले कवितामा खरो रुपमा उतारेकी छिन् । कविता पितृशक्तिमा समर्पित छ । मात्रृशक्तिलाई गौण बनाइएको छ । आफ्नै घर, आँगन, पाखा, पखेरा, जीवनको उकाली ओराली, दुःख, सुख, आसु रोदनले भरिपूर्ण छन् कविताका हरफहरू । स्मृतिका सम्झनाहरू समेटिएको कवितामा बुबाको देहवसान हुँदा आमाको स्तव्धता, हिमालजस्तो सेती बनेकी आमा र उनको जीवनमा आएको परिवर्तनले मर्महत भएको परिवार । असल अभिभावन गुमाउँदाको पीडाले कवयित्रीको मनलाई विभल्स बनाएको छ । बुबाको देहवसानदेखि बालाचतुदर्शीमा एक्लै सदबिज छर्दाका भावना समेतले कवितामा स्थान पाएको छ । बुबाको विछोडपछि विच्छिप्द बनेको अन्तर मनका भावना कवितामा समेटिएका छन्, आकाशलाई धर्तीले थाम्न नसकेको जस्तै । आफन्तको माया र स्नेह, नेपाली धर्म र संस्कृतिलाई कवितामा बुलन्द आवाजको रुपमा देखिन्छ । अप्टिजम भाइ, अक्सिजनको डोरीमा अडिएको बुबाको जीवन, आमाको त्याग र बलिदानले सजिएको सुन्दर र शान्त पारिवारिक यस्तै यस्तै । गाउँ बेसी भिरपाखा, खेतबारी, दाउरा घाँस, गाई गोरुदेखि लाली गुराँस, शीतल अलैंचीका कुरा समेत समेटिएका छन् कवितामा । कवयित्रीले कवितामा संग्रहित हरफहरू परिस्कृत नभएपनि विषय वस्तुको उठान अत्यन्त राम्रो छ । कवितामा भावनात्मक र सिर्जनशीलताको स्पष्ट झल्को छ । २०७२ को विनाशकारी भूकम्पले चिरिएर डगमगाएकोे धर्ती र प्राकृतिक विपद्ले त्रसित भएको मर्मस्पर्शीको चित्रण छ कवितामा । विशेषत नेपाली समाजबाट ओझेलमा पर्न आटेका वस्तुलाई उठाइएको छ । अभिभावकको माया, स्पर्शले गर्ने मार्गदर्शनको परिदृष्य कवितामा पढन पाइन्छ । अप्ठ्यारो दिदीबाट पाएको सहयोग र विदेशी उपहारसम्म कविता बनेका छनु । दोर्जे दाजुको हराएको मुस्कानले पीडा र दुःखदायी जीवनको आभाषको संकेत गरेको छ । फूलजस्तो गाउँ र विरानो बनेको मालाजस्तो समाज, तिहारको देउसी भैंलोमा घन्किएको मादल, दोर्जे दाजुले गुमाएका विजेता, पहाड कन्दरा बिउँताउने हाँसो, साथीसङ्गी साथ र माया सबै ताजा रुपमा प्रस्तुत भएका छन् । कवितामा कविताका पङ्तीहरू चट्टानजस्तै बलियो निर्भिक छन् । सगरमाथा जस्तै उच्च र गहन छन् । बदलिएको जीवन शैली, साँगुरिदै गएको नेपाली मन, नेपाली धर्म र संस्कृतिलाई कविताले उज्याल्याएको छ । कविता पढ्दा दुई कविको कथा र व्यथा सुनाएजस्तो काव्यात्मक वार्ता भएको अनुभूती हुन्छ । एक सय २४ पृष्ठमा छरिएका कवयित्रीका कविताका पङ्तीहरूमा संमवेदनाहरूको सागर छ । पीडा र वेदनाका पहाड छन् । माया र प्रेमको आवेग छ । हुलाकी दाइ, म बुढी सधैं तरुनी, म जे छु ठिकै छु, मात्र सपना, सबै मिथ्या, सम्बन्धजस्ता शीर्षकले कवितालाई अझ ज्वलन्त बनाएको छ । समग्रमा कविता आफू बाँचेको समाजको सुन्दर मानव मनको कलात्कम जीवन र अभिव्यक्ति हो । ४९ वटा कविता संग्रहित रहेको पुस्तक झट्ट हेर्दा औसत साइज र आकर्षक आवरणमा छ । कवितामा वंशाणुगत गुण छ । कविताको विषय वस्तु विस्तारित अनन्त छ । कवयित्री स्वर्गीय अक्सिजन कवि बालकृष्ण अधिकारी ‘धनकुटे’ की छोरी हुन् र उनले उक्त संस्करण आफ्नै पिताको नाममा समर्पण गरेकी छिन् । यो संग्रह एउटा सर्जकले अर्को सर्जकमाथि समर्पित गरिएको छ । यसले अझ संग्रहमा सुन्दरता र गहनता थपेको छ । सुनाएजस्तो काव्यात्मक वार्ता भएको अनुभूती हुन्छ । एक सय २४ पृष्ठमा छरिएका कवयित्रीका कविताका पङ्तीहरूमा संमवेदनाहरूको सागर छ । पीडा र वेदनाका पहाड छन् । माया र प्रेमको आवेग छ । हुलाकी दाइ, म बुढी सधैं तरुनी, म जे छु ठिकै छु, मात्र सपना, सबै मिथ्या, सम्बन्धजस्ता शीर्षकले कवितालाई अझ ज्वलन्त बनाएको छ । समग्रमा कविता आफू बाँचेको समाजको सुन्दर मानव मनको कलात्कम जीवन र अभिव्यक्ति हो । ४९ वटा कविता संग्रहित रहेको पुस्तक झट्ट हेर्दा औसत साइज र आकर्षक आवरणमा छ । कवितामा वंशाणुगत गुण छ । कविताको विषय वस्तु विस्तारित अनन्त छ । कवयित्री स्वर्गीय अक्सिजन कवि बालकृष्ण अधिकारी ‘धनकुटे’ की छोरी हुन् र उनले उक्त संस्करण आफ्नै पिताको नाममा समर्पण गरेकी छिन् । यो संग्रह एउटा सर्जकले अर्को सर्जकमाथि समर्पित गरिएको छ । यसले अझ संग्रहमा सुन्दरता र गहनता थपेको छ ।

images
प्रकाशित मिति :मंसिर २२, २०७६ आइतवार - २०:१९:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend