Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकाबाट प्रहरी प्रमुख सर्बेन्द्र खनाललाई खुला पत्र

अमेरिकाबाट प्रहरी प्रमुख सर्बेन्द्र खनाललाई खुला पत्र

सतीश चापागाईं

१०, भाद्र २०७५
images
-महेश भट्टराई आफ्ना प्रतिद्बन्दीहरू लाई हराउदै हजुर प्रहरी प्रमुख हुदा काका, मामा, भतिजा र गाई बेचको साइनो लगाउदै थुप्रै देश बिदेशबाट शुभकामना बर्षेका थिए । तर मैले लेखेको थिए "जुन दिन काम गरेर प्रमाणित गरि देखाउनु हुन्छ, त्यस पछि दिउला बधाई" हिज चरि र घैटेहरू लाई भिडन्तको नाममा प्रहरीले उडाए कै हो । एक दुई बिरोधका आवाज निस्किए पनि धेरै नेपाली जनताले खुशी मनाए । हिज काठमाडौमा बालक अपहरण र हत्यारा लाई पनि भिडन्तको नाममा उडाइयो ! जनताले बधाई नै दिए । चाहे कानुन लाई हात लिएर होस वा घुमाई फिराई गरेर सत्य लाई जनताले सधै साथ दिए कै छन र सधै दिनेछन। आज कंचनपुरमा एक बालिका बलात्कृत भै हत्या हुदा आज १ महिना बिति सक्दा पनि दोषी माथी कारबाही नहुनु लाजमर्दो स्थिती हो । त्यस माथि पनि SP र Mayer को छोराहरू अपराधमा संलग्न भएको आरोप हुदा एउटा पागल लाई पक्रिनु प्रहरीको कति लाज मर्दो स्थिती हो । यो तपाईको फुलिमा लाग्ने दाग पनि हो । यदि यो राजनैतिक प्रभाव र दबाव हो भने जनता सामु स्पष्ट राख्न सक्नु पर्छ । SP र मुद्दा फाट हेर्ने Inspector दुबै लाई काठमाडौ मगाई सक्नु भएको छ । घटनाको सम्पूर्ण सत्य बिबरण यिनै दुई लाई थाहा छ । सबै प्रमाण लुकाउने वा मेटाउने र नक्कली अपराधी समाउने कार्य यिनै बाट भएको छर्लड्गै छ । कंचनपुरमा नयां अनुसन्धान गर्न भन्दा दुबै लाई नाड्गै बनाएर पछाडी हात बाधेर तुन्तुरेमा पिनले छेडेर कबुलाउने हो भने ३ मिनेट भित्र सबै यथार्त खुल्नेछ । न त सरकारका मन्त्री वा मानव अधिकारबादी वा सि बि आई घटनास्थल जानु नै पर्छ । न त कर्फु लगाई राख्नु पर्छ ।  
हिज पनि कानुन हातमा लिएकै हो । हिजको अपराध भन्दा यो अपराध निकै ठुलो जघन्य हो । यस्तालाई पनि ठाडो कारबाही नगर्ने र डर नदेखाउने हो भने अपराध झन बढ्न जान्छ ! नत्र पार्टी वा मन्त्री को आदेश वा हस हजुर भन्न वा अदालत बुझाउने र छुटाउने नाटक बाहेक केहि हुनेवाला छैन ।
 
कुनै पनि अपराध वा भ्रष्टाचारमा परेका प्रहरी लाई केन्द्रमा बोलाउने, सरूवा गर्ने वा सस्पेन्स गर्ने होईन सिधै ठाडो कारबाही गरि बर्खात गर्नु पर्छ । ऐन कानुनले नदिए तत्काल सुधार गर्नु पर्छ ।
 
जनतालाई शान्ती सुरक्षाको अनुभुत गराउन सक्नु पर्छ । कुनै पनि घटना दोहोर्याएर घट्न दिनु हुदैन । शशत्र र प्रहरी एकै ठाऊमा मिलाएर गाऊ गाऊमा चौकीहरू खोलिनु पर्छ । घटना घटेर कारबाही गर्नु भन्दा घट्न नदिनु नै बुद्दिमानी ठहर्छ । प्रहरी प्रसासन भित्रको भ्रष्टाचार, घटनाहरू र कारबाहीले तपाईको फुलिमा दागहरू थपिदै छ ।
नेताहरू झै जालझेल, जेल, साम, दाम, दन्ड, भेद प्रयोग गरेर पाएको मन्त्री पद आउनेको आदेश कुरेर बस्ने कि आफ्नै योग्यता, कार्यक्षमता, मेहनतले लगाएको फुल्लीको इज्जत राख्ने ! निर्णय हजुरको हातमा !
नत्र तपाई पनि रमेश खरेलले भने झै पावर केन्द्र धाएर वा सुटकेसको भरमा फुलि थापेको भन्न जनता बाध्य हुनेछन ।

images
प्रकाशित मिति :भाद्र १०, २०७५ आइतवार - ११:३३:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend